Posts

Showing posts from December, 2023

हाम्रो जन्मभूमिद्धारा २५० भन्दा बढी बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

Image
काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्थाले विभिन्न आश्रमहरुमा आश्रय लिई रहेका २५० भन्दा बढी बृद्धबृद्धाहरुलाई यो जाडोमा केही मात्रमा भएपनि न्यानो महशुस होस भन्ने हेतुले न्यानो कपडा वितरण गरेको छ । यसै हप्ता ललितपुर र भक्तपुरको चार वटा आश्रमहरुमा बालबालिका देखि बृद्धबृद्धा सम्मलाई न्यानो कपडा वितरण गरेकोमा आज काठमाडौमा वितरण गरेको हो । उक्त अबसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा, केन्द्रीय सदस्य अम्बर बहादुर राई, फोटो पत्रकार प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सागर श्रेष्ठको नेतृत्वमा न्यानो कपडा संकलन गरिएको थियो । उक्त न्यानो कपडाहरु उपलब्ध गराउनुहुनेहरुमा निकल श्रेष्ठ, गिता श्रेष्ठ, काजल घिमिरे नानु, डा. शर्मिला मोक्तान, नारायण श्रेष्ठ, हेमन्ता श्रेष्ठ आदि रहनु भएको छ । यस अभियानमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सहयोगि मन शुभचिन्तकहरुलाई संस्थाले धन्यवाद सहित कृतज्ञाता प्रकट गरेको छ ।

हाम्रो जन्मभूमिको ५१ सामाजिक कार्यक्रम सम्पन्न, विभिन्न आश्रमहरुमा न्यानो कपडा वितरण

Image
काठमाडौं । सुखिको मात्र होईन दुःखीको पनि साथी हुन्छ भन्ने कुरा हाम्रँे जन्मभूमि सामाजिक संस्थाले प्रमाणित गरेको छ । हरेक दीन दुःखी, प्रकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सामाजिक अन्य गतिविधिहरुमा सम्लग्न हुँदै ५१ औं सामाजिक काम गर्दैगर्दा विभिन्न आश्रमहरुमा आश्रय लिई रहेका बालबालिका देखी बृद्धबृद्धाहरुलाई समेत हाम्रो जन्मभूमि सामाजिक संस्थाले यो कठ्याङ्गीदो जाडोमा केही तातो बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका आश्रमहरु तुलासा देखी हरिहर फाण्डेशन (तुलसालय), द अर्फान्स होम, मानव कल्याण समाज (सेवाघर), मानव कल्याण समाज (बालसेवा घर) आश्रमहरुमा एकै दिन न्यानो कपडाहरु वितरण गरेको हो । उक्त अबसरमा हाम्रँे जन्मभूमि सामाजिक संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा (देउजा) केन्द्रीय सदस्यहरुः अम्बर बहादुर राई, प्रमिला बस्नेत, हेम बहादुर अधिकारी, सल्लाहकार डा. सर्मिला मोक्तान लगायतको उपस्थित रहेको थियो । उक्त न्यानो कपडा संकलन अभियानलाइ सफल बनाउनको लागि विफुल कुमारी श्रेष्ठ, विमला न्यौपाने, अरुण वलामी, सुनिता...

हाम्रो जन्मभूमिको ५० औं सामाजिक कार्यक्रम सम्पन्न, पेटको ट्युमर पिडित साहलाई २८,१०० आर्थिक सहयोग

Image
काठमाडौं । जसको यो संसारमा कोहि छैन त्यसको साहारा बन्ने गरेको छ हाम्रो जन्मभूमि सामाजिक संस्था । यो संसारमा जन्म लिएपछि गाँस, बास, कपास, स्वास्थ्य शिक्षा मानवको नैसर्गिक अधिकार हो । सबैले बाँच्न पाउनु पर्छ तर आर्थिक अभावकै कारण अकालमा ज्यान गुमाएका धेरै घटनाहरु हाम्रो समाजमा छन । यसै शिलशिलामा सप्तरी जिल्ला घर भएका पेटको ट्युमर पिडित श्रवण कुमार साहलाई आर्थिक अभावकै कारण शल्याक्रियामा समस्या आएपछि हाम्रो जन्मभूमि सामाजिक संस्थाले वीर अस्पतालमा गई निज साहलाई उपचारको लागि आर्थिक सहयोग नगद २८,१०० हस्तानतरण गरेको छ । उक्त सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, ,कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरुः प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, हेम बहादुर अधिकारी, आजिवन सदस्यहरुः सुमित्रा न्यौपाने, रमिला दाहाल ,लक्ष्मि श्रेष्ठ ,भरत सापकोटा ,सुष्मा केसि ,धनबहादुर श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सहयोगी मनहरु तथा उपस्थिति सबैलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उक्त ...

हाम्रो जन्मभूमिको ४९औं सामाजिक कार्यक्रममा मिष्ठान्न भोजन, फलफुल तथा शैक्षिक सामाग्रि वितरण

Image
ललितपुर । स्थापनाको छोटो समयमै समाजमा परिचित हुन सफल हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४९ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर स्थित तुलसा हरिहर फाण्डेशन तुलसालयमा आश्रृत बालबालिकाहरुलाई संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजकत्व तथा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिवसिय मिस्ठान्न भोजन, फलफुल तथा शैक्षिक सामाग्रिहरु वितरण गरेर कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका सञ्चालक समितिका सदस्य हेम बहादुर अधिकारी (मदन)को जन्मदिन साथै निस्मा चाम्लिङ्ग र रवि तामाङ्गको जन्मदिनको अबसरमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम सम्पन्न गर्नको लागि वहाँहरुले सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष रिता थापा, सदस्यहरु अम्बर बहादुर राई, झम्क बहादुर श्रेष्ठ, हेम बहादुर अधिकारी, प्रमिला बस्नेत, आजिवन सदस्य सुस्मा केसी, समाजसेवीहरु निस्मा चाम्लीङ्ग, सरु सुवेदी, तिभासा अधिकारी, दुर्गा राई लगायतको उपस्थित रहेको थियो । संस्थाको बारेमा विस्तृत रुपमा सागर श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।

Hamro Janmabhumiको ४८ औं सामाजिक कार्यक्रम सम्पन्न, मिष्ठान्न भोजन र न्यानो कपडा वितरण

Image

हाम्रो जन्मभूमिको ४८ औं सामाजिक कार्यक्रम सम्पन्न, मिष्ठान्न भोजन र न्यानो कपडा वितरण

Image
काठमाडौं । सामाजिक कार्यक्रमहरुमा अग्रणी भूमिका निभाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४८ औं सामाजिक कार्यक्रम मिष्ठान्न भोजन र न्यानो कपडा वितरण गरेर मनाएको छ । संस्थाका सदस्य लक्ष्मी श्रेष्ठको र वहाँको छोरा श्रृयान श्रेष्ठको जन्मदिनको अवसरमा बुढानिलकण्ठ स्थित पवित्रा सेवा समाजमा आश्रृत ६५ जना बालबालिका र बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र न्यानो कपडा वितरण गरेर मनाएके हो । उक्त कार्यक्रमलाई सफल बनाउनको लागि आर्थिक तथा लत्ताकपडा दान गरेर सहयोग गर्नुहुने मनकारी मनहरुमा लक्ष्मी श्रेष्ठ, संस्ठाका सल्लाहकार डा. शर्मिला मोक्तान, राजेन्द्र चित्रकार, विमला न्यौपाने, हेमन्ता श्रेष्ठ, सारिका राना मगर, प्रमिला थापा लगायतले सहयोग गर्नु भएको थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक समितिका सदस्यहरु अम्बर बहादुर राई, प्रमिला बस्नेत, मदन अधिकारी आजिवन, सदस्य उर्मिला, समाजसेविहरु दिक्षा चापागाई लगायतको उपस्थिती रहेको थियो । उक्त अबसरमा केक काटेर लक्ष्मी श्रेष्ठको...