हाम्रो जन्मभूमिद्धारा २५० भन्दा बढी बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

काठमाडौं । हाम्रो जन्मभूमि सामाजिक संस्थाले विभिन्न आश्रमहरुमा आश्रय लिई रहेका २५० भन्दा बढी बृद्धबृद्धाहरुलाई यो जाडोमा केही मात्रमा भएपनि न्यानो महशुस होस भन्ने हेतुले न्यानो कपडा वितरण गरेको छ । यसै हप्ता ललितपुर र भक्तपुरको चार वटा आश्रमहरुमा बालबालिका देखि बृद्धबृद्धा सम्मलाई न्यानो कपडा वितरण गरेकोमा आज काठमाडौमा वितरण गरेको हो । उक्त अबसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा, केन्द्रीय सदस्य अम्बर बहादुर राई, फोटो पत्रकार प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सागर श्रेष्ठको नेतृत्वमा न्यानो कपडा संकलन गरिएको थियो । उक्त न्यानो कपडाहरु उपलब्ध गराउनुहुनेहरुमा निकल श्रेष्ठ, गिता श्रेष्ठ, काजल घिमिरे नानु, डा. शर्मिला मोक्तान, नारायण श्रेष्ठ, हेमन्ता श्रेष्ठ आदि रहनु भएको छ । यस अभियानमा सहयोग पु¥याउनुहुने सम्पूर्ण सहयोगि मन शुभचिन्तकहरुलाई संस्थाले धन्यवाद सहित कृतज्ञाता प्रकट गरेको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न