हाम्रो जन्मभूमिको ४८ औं सामाजिक कार्यक्रम सम्पन्न, मिष्ठान्न भोजन र न्यानो कपडा वितरण

काठमाडौं । सामाजिक कार्यक्रमहरुमा अग्रणी भूमिका निभाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४८ औं सामाजिक कार्यक्रम मिष्ठान्न भोजन र न्यानो कपडा वितरण गरेर मनाएको छ । संस्थाका सदस्य लक्ष्मी श्रेष्ठको र वहाँको छोरा श्रृयान श्रेष्ठको जन्मदिनको अवसरमा बुढानिलकण्ठ स्थित पवित्रा सेवा समाजमा आश्रृत ६५ जना बालबालिका र बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र न्यानो कपडा वितरण गरेर मनाएके हो । उक्त कार्यक्रमलाई सफल बनाउनको लागि आर्थिक तथा लत्ताकपडा दान गरेर सहयोग गर्नुहुने मनकारी मनहरुमा लक्ष्मी श्रेष्ठ, संस्ठाका सल्लाहकार डा. शर्मिला मोक्तान, राजेन्द्र चित्रकार, विमला न्यौपाने, हेमन्ता श्रेष्ठ, सारिका राना मगर, प्रमिला थापा लगायतले सहयोग गर्नु भएको थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक समितिका सदस्यहरु अम्बर बहादुर राई, प्रमिला बस्नेत, मदन अधिकारी आजिवन, सदस्य उर्मिला, समाजसेविहरु दिक्षा चापागाई लगायतको उपस्थिती रहेको थियो । उक्त अबसरमा केक काटेर लक्ष्मी श्रेष्ठको जन्मदिन मनाउनुको साथै बालबच्चा तथा बृद्धबृद्धाहरुलाई न्यानो कपडा ब्लाङकेट, डस्ना, तन्नाहरु, टावेल, आदी हस्तानतरण गरिएको थियो । कार्यक्रम सागर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न