हाम्रो जन्मभूमिको ५१ सामाजिक कार्यक्रम सम्पन्न, विभिन्न आश्रमहरुमा न्यानो कपडा वितरण

काठमाडौं । सुखिको मात्र होईन दुःखीको पनि साथी हुन्छ भन्ने कुरा हाम्रँे जन्मभूमि सामाजिक संस्थाले प्रमाणित गरेको छ । हरेक दीन दुःखी, प्रकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सामाजिक अन्य गतिविधिहरुमा सम्लग्न हुँदै ५१ औं सामाजिक काम गर्दैगर्दा विभिन्न आश्रमहरुमा आश्रय लिई रहेका बालबालिका देखी बृद्धबृद्धाहरुलाई समेत हाम्रो जन्मभूमि सामाजिक संस्थाले यो कठ्याङ्गीदो जाडोमा केही तातो बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका आश्रमहरु तुलासा देखी हरिहर फाण्डेशन (तुलसालय), द अर्फान्स होम, मानव कल्याण समाज (सेवाघर), मानव कल्याण समाज (बालसेवा घर) आश्रमहरुमा एकै दिन न्यानो कपडाहरु वितरण गरेको हो । उक्त अबसरमा हाम्रँे जन्मभूमि सामाजिक संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा (देउजा) केन्द्रीय सदस्यहरुः अम्बर बहादुर राई, प्रमिला बस्नेत, हेम बहादुर अधिकारी, सल्लाहकार डा. सर्मिला मोक्तान लगायतको उपस्थित रहेको थियो ।
उक्त न्यानो कपडा संकलन अभियानलाइ सफल बनाउनको लागि विफुल कुमारी श्रेष्ठ, विमला न्यौपाने, अरुण वलामी, सुनिता श्रेष्ठ, गमला खड्का, शोममाया श्रेष्ठ, माया श्रेष्ठ, पुष्पा आचार्य, डा. शर्मिला मोक्तान, नारायण देखी श्रेष्ठ, रेनुका भट्टराई, हेमन्ता श्रेष्ठ लगायतले सहयोग गर्नु भएको थियो । सागर श्रेष्ठको अगुवाईमा भएको उक्त अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई संस्थाको तर्फबाट अध्यक्ष गिता श्रेष्ठले कृतज्ञाता प्रकट गर्दै भावि दिनहरुमा पनि यस्तै सहयोग स सदभावको अपेक्षा गर्नु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न