हाम्रो जन्मभूमिको ४९औं सामाजिक कार्यक्रममा मिष्ठान्न भोजन, फलफुल तथा शैक्षिक सामाग्रि वितरण
ललितपुर । स्थापनाको छोटो समयमै समाजमा परिचित हुन सफल हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४९ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुर स्थित तुलसा हरिहर फाण्डेशन तुलसालयमा आश्रृत बालबालिकाहरुलाई संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजकत्व तथा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिवसिय मिस्ठान्न भोजन, फलफुल तथा शैक्षिक सामाग्रिहरु वितरण गरेर कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका सञ्चालक समितिका सदस्य हेम बहादुर अधिकारी (मदन)को जन्मदिन साथै निस्मा चाम्लिङ्ग र रवि तामाङ्गको जन्मदिनको अबसरमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम सम्पन्न गर्नको लागि वहाँहरुले सहयोग गर्नु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष रिता थापा, सदस्यहरु अम्बर बहादुर राई, झम्क बहादुर श्रेष्ठ, हेम बहादुर अधिकारी, प्रमिला बस्नेत, आजिवन सदस्य सुस्मा केसी, समाजसेवीहरु निस्मा चाम्लीङ्ग, सरु सुवेदी, तिभासा अधिकारी, दुर्गा राई लगायतको उपस्थित रहेको थियो ।
संस्थाको बारेमा विस्तृत रुपमा सागर श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।

Comments
Post a Comment