हाम्रो जन्मभूमिको ५० औं सामाजिक कार्यक्रम सम्पन्न, पेटको ट्युमर पिडित साहलाई २८,१०० आर्थिक सहयोग

काठमाडौं । जसको यो संसारमा कोहि छैन त्यसको साहारा बन्ने गरेको छ हाम्रो जन्मभूमि सामाजिक संस्था । यो संसारमा जन्म लिएपछि गाँस, बास, कपास, स्वास्थ्य शिक्षा मानवको नैसर्गिक अधिकार हो । सबैले बाँच्न पाउनु पर्छ तर आर्थिक अभावकै कारण अकालमा ज्यान गुमाएका धेरै घटनाहरु हाम्रो समाजमा छन । यसै शिलशिलामा सप्तरी जिल्ला घर भएका पेटको ट्युमर पिडित श्रवण कुमार साहलाई आर्थिक अभावकै कारण शल्याक्रियामा समस्या आएपछि हाम्रो जन्मभूमि सामाजिक संस्थाले वीर अस्पतालमा गई निज साहलाई उपचारको लागि आर्थिक सहयोग नगद २८,१०० हस्तानतरण गरेको छ । उक्त सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, ,कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरुः प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, हेम बहादुर अधिकारी, आजिवन सदस्यहरुः सुमित्रा न्यौपाने, रमिला दाहाल ,लक्ष्मि श्रेष्ठ ,भरत सापकोटा ,सुष्मा केसि ,धनबहादुर श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सहयोगी मनहरु तथा उपस्थिति सबैलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उक्त सहयोग पाएपछि अब उपचारमा सहयोग हुने पिडित शाहले बताउनु भएको छ । नयाँ जिवन दिनको लागि हाम्रो जन्मभूमिको प्रयास प्रति कृतज्ञता प्रकट समेत गरेको छ । बाँकी भिडियोमा...

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न