हाम्रो जन्मभूमि सामाजिक संस्थाले मनायो चौथो स्थापना दिवस
सिन्धुपाल्चोक । सशक्त रुपमा सामाजिक कार्य गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो चौथो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
चौतारा साँगाचोकगढी नगरपालिकावडा नं. ५ मा एक विशेष कार्यक्रम गरि उक्त कार्यक्रम मनाएको हो ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठको अध्यक्षता तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा चैत २६ गते, मंगलवारका दिन संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो जसले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
संस्थाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा र समाजसेवामा संस्थाको योगदानको चर्चा गरिएको थियो।कार्यक्रम चौतारा साँगाचोकगढी–५ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा उपस्थित अतिथिहरूले स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना दिदै संस्थाले गर्दै आइरहेको काम प्रति सम्मान व्यक्त गरेका छन् ।
Comments
Post a Comment