हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

काठमाडौं । स्थापनाकाल देखीनै सामाजिक सेवामा आफ्नो छुटै पहिचान बनाउन सफल भएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले दोस्रो स्थापना दिवस भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्वमा विकास प्रेमी, युवानेता, बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री मा. युवराज दुलालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उदघाटन गर्दै प्रमुख अतिथि युवराज दुलाले असहज परिस्थितिमा पनि सहज बनेर दुर्गम स्थानहरुमा समेत पुगेर जहाँ आवश्यक छ त्यहाँ पारदर्सि रुपमा सहयोग पु¥याएकोमा प्रसंसा गर्नु भयो । संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेरै प्रशंसा गर्नु भएको थियो । उक्त अबसरमा प्रहरी नायव उपरिक्षक मनोजित कँवर, प्रधानमन्त्रीको स्वकीय फोटोग्राफर तथा राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष प्रदिपराज वन्त, समाजसेवी तथा हाम्रो जन्मभूमिको सल्लाहकार नरमान श्रेष्ठ, प्रहरी निरिक्षक आशिस अधिकारी, प्रहरी नायव निरिक्षक सुजु कुमार श्रेष्ठ, विशेष मानर्थ सदस्य निर्मल घिमिरे, नेपाल एयरहोस्टेज एकेडेमीको मेनेजर रेजिना तुलाधर, हाम्रो जन्मभूमिको १ नं. मानर्थ सदस्य शान्ति गौतम, नेपाल पर्यटन बोर्डका मिडिया कोअडिनेटर टिपी भुषाल, हाम्रो जन्मभूमिको मानर्थ सदस्य तथा समाजसेवी उत्तम लामा, व्यापारी तथा समाजसेवी भरत सापकोटा, टिकटक हार्टगु्रपका अध्यक्ष गोविन्द थापा त्यसैगरि कृष्ण के.सी, राष्ट्रिय कलाकारहरु रितिका थपलिया, रिता केसी, जर्नादन फुँयाल, पत्रकार, केन्द्रीय समितिका सदस्यहरु, समाजसेवी तथा शुभचिन्तकहरु करिब ७५ जनाको उपस्थिति रहेको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले संस्थाले अहिले सम्म गरेका सामाजिक कामहरुको संक्षेपमा प्रस्तुत गर्नु भएको थियो । यस संस्थामा हाल सम्म १ विशेष गरी ४५ जना मानर्थ सदस्य ४६ जना आजिवन सदस्य रहेको छ भने यस संस्थाले २ वर्ष भित्रमा ३५ वटा सामाजिक कामहरु गरिसकेको छ । आजसम्म यस संस्थामार्फत व्यक्तिगत रुपमा ९ जनालाई, अनाथ आश्रम १० स्थानमा, प्राकृतिक प्रकोप पिडित ४० घर, बृद्धबृद्धा आश्रम ६, अपांगता आश्रम ३, विद्यालय ११, शुस्क मनस्थिति आश्रम १, छात्रवृति १ जनालाई उपलब्ध गराईसकेको छ । यस संस्थाले अहिलेसम्म १३,६०,१६९ रुपैयाँ सहयोग गरिसकेको छ भने यस संस्थामा करिब २०५ जना मनकारी मनभएकाहरुले १०० देखी १,०४,०४० रुपैयाँ सम्म सहयोग गरेको जानकारी गराईएको थियो । यस संस्थाले राष्ट्रिय स्तरमा १ सम्मान, प्रदेश स्तरमा १ सम्मान र स्थानिय स्तरमा १ सम्मान पाई सकेको छ । पहिलो सेसनको औपचारी कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य विशिष्ठ अतिथि, अतिथिहरुलाई मायाँको चिनो उपहार दिएर सम्मान गरे लगतै वनभोज कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रमहरु भएको थियो । उक्त वनभोज कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु खेल्नुको साथै उत्तम लामा र रितिका थपलिया, रिता केसी विच दोहोरी व्याटल भएको थियो । हाम्रो जन्मभूमिका सामाजिक कामको प्रशंसा गर्दै त्यहाँ आउनु भएका कुमार श्रेष्ठ, हेम बहादुर अधिकारी, अम्बिका गौतम, सागर श्रेष्ठ, रमिला दाहाल र शुस्मा पराजुली ६ जना शुभचिन्तकहरुले आजिवन सदस्यको सदस्यता ग्रहण गर्नु भएको थियो । बेलुकाको लञ्चसंगै वनभोज कार्यक्रम समापन भएको थियो । click here for more photos

Comments

Popular post

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न