``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न
जननी जन्मभुमिश्र्च स्वर्गादपी गरीयसी
``हाम्रो जन्मभुमि´´सामाजिक र मानवसेवाका सहयात्री
आज मिति २०७८ साल भदौ १५ गते मङ्गलवारको दिन ``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ चितवनको भरतपुरमा सम्पन्न भएको छ।
``हाम्रो जन्मभुमि´´ सामाजिक र मानवसेवाका सहयात्रीद्वारा गतहप्ता सहयोगको याचना अपिल गरेको र सो अपिल बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १२, फत्तेपुरका २६ बर्सिय बिकाश गौतम बचाउ अभियानमा ``हाम्रो जन्मभुमि´´का तमाम मानार्थ सदस्यगण,आजिवन सदस्यगण,सहयात्रीगण एबम शुभ-चिन्तकगण बाट प्राप्त भएको अतुलनिय माया,सद्भाव अनि आर्थिक सहयोगका कारण रु ९०,०००/- (अक्षरुपी नब्बे हजार) चित्रवान प्राकृतिक चिकित्सालय भरतपुरको प्राङ्गणमा प्रमुख डा. सन्जोग क्षेत्री को प्रमुख आथित्यतामा सस्थाका ब्यबस्थापन बिभागिय सल्लाहकार एबम मानार्थ सदस्य श्री नारायण श्रेष्ठ ज्यु एबम जनसम्पर्क सल्लाहकार एबम मानार्थ सदस्य तुलसी प्रसाद भट्ट ज्युको उपस्थितिमा बिकाश गौतमका सहोदर दाजु श्री प्रकाश गौतम ज्युलाई हस्तान्तरण गरिएको छ।। यस महाअभियानमा ब्यक्तिगत,सामाजिक र सस्थागत सुरक्षालाई आत्मसाथ गर्दै उपस्थित श्री कृष्ण पुरी,शम्भु लम्साल,अनु शर्मा,शाया सिग्देल,शान्ती अधिकारी,सम्झना ढकाल,शिक्षा ढकाल,सपना दवाडी,बिष्णु घिमिरे कट्टेल ज्युहरुप्रति ``हाम्रो जन्मभुमि´´ हार्दिक आभार प्रकट गर्दछ🙏🙏🙏
यसमहाअभियानमा आफ्ना सपना र पसिना बचेर आर्थिक सहयोग गरीदिनु हुने सम्पुर्ण तपाईहरु प्रति कोटि कोटि नमन🙏🙏🙏
Comments
Post a Comment