हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य
काठमाडौं । स्थापना काल देखिनै सामाजिक क्षेत्रमा आफ्नो परिचय बनाउन सफल, स्थापनाको छोटो समयमानै समाजमा धेरै सामाजिक काम गर्न सफल हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको संस्थापक अध्यक्ष ईन्द्र आचार्यको सभापतित्व र संस्थाका वरिष्ठ सल्लाहकार नरमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थापक सदस्यहरु, सल्लाहकारहरु, मानर्थ सदस्यहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, पत्रकार, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, समाजसेवीहरु आदिको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि र सभापतिबाट दिप प्रज्वलन गरि औपचारिक कार्यक्रम शुरु गरेको उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा उपाध्यक्ष गिता श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।
संस्थाका संस्थापक सदस्य तथा समितिका कार्यकारी सदस्य नारायण श्रेष्ठले अध्यक्षको अनुमतिमा संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गडगडाहट तालिकासाथ प्रतिवेदनहरु पारित भएको थियो । संस्थाले छोटो समयमा सिन्धुपाल्चोकमा स्थापना भएता पनि नेपाल भरि कामगर्ने कार्यक्षेत्र भएकोले छोटो समयमा देशको विभिन्न भागमा राम्रा सामाजिक कामहरु गरेकोमा प्रमुख अतिथि श्रेष्ठले स्वागत सहित संस्थाको उत्तरोक्तर प्रगतिको कामना गर्नु भयो । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सल्लाहकारहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन कार्यक्रम भएकोले विशिष्ठ अतिथि तथा निर्वाचन उपसमितिको संयोजक निमनाथ फुँयालको संयोजकत्वमा सागर श्रेष्ठ र दिपक खड्काको तिन सदसिय निर्वाचन समितिले सम्पूर्ण निर्वाचन प्रकृया पुरा गरि नयाँ कार्य समिति चयन गरेको छ । जसमा ।।।
अध्यक्ष : इन्द्र प्रसाद आचार्य
उपाध्यक्ष : गीता श्रेष्ठ
सचिव : सुमन कुमार श्रेष्ठ
कोषाधयक्ष : नारायण श्रेष्ठ
सदस्यहरु : सुमित्रा न्यौपाने, तुलसा श्रेष्ठ, देवकी ढुंगाना, शोभा बेल्वासे र अम्बर बहादुर राई रहनु भएको छ । निर्वाचन समितिका संयोजक निमनाथ फुँयालले सपथ खुवाउनु भएको थियो । कार्यक्रम ललितपुरको टिकाथली स्थित नाशिका सेकुवा होटलमा सञ्चालन भएको थियो ।
कार्यक्रमको अन्तमा नयाँ कार्यसमितिको तर्फबाट नारायण श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको उदघाटन गर्नुहुँदै प्रमुख अतिथि नरमान श्रेष्ठ तथा सभापति ईन्द्र आचार्य
सामुहिक तस्विर
नव निर्वाचित कार्य समितिका सदस्यहरु
Comments
Post a Comment