हाम्रो जन्मभूमिको ६८ औं सामाजिक कार्यक्रम सृजनशिल बाल सेवा परिवारमा सम्पन्न
काठमाडौं । सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाई सकेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले २ दिनमा २ वटा सामाजिक कार्यक्रम गर्न सफल भएको छ । यसै क्रममा आफ्नो ६८ औं सामाजिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
आफ्नो सदस्य तथा शुभचिन्तकहरुको जन्मदिन कुनै होटल रिसोर्टमा नमनाई अनाथ आश्रमहरुमा गएर मनाउने अभियान अन्र्तगत हिजो यस संस्थाका कोषाध्यक्ष तथा समाजसेवी रिता थापा देउजाकी छोरि सजनी थापाको जन्मदिनको अवसर पारेर कागेश्वरि मनोहरा नगरपालिका वडा नं.९ मा रहेको सृजनशिल बाल सेवा परिवारमा आश्रति बालबालिकालाईहरुलाई एक दिवसीय भोजन गराएर संस्थाको ६८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा र समाजसेवी सजनी थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सञ्चालकहरुः प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई, उर्मिला अधिकारी त्यसैगरि समाजसेवीहरुः राम कुमार कार्की, सजनि थापा, रश्मि थापा, सौरव थापा, गृष्मा थापा आदीको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउनको लागि सजनी थापाले स्पोन्सर गर्नु भएको थियो भने यसरी अनाथ बालबालिकाहरुसंग पहिलो पटक आफ्नो जन्मदिन मनाउदा छुटै आनन्द आएको र धेरैखुसी भएको कुरा सजनी जीले बताउनु भएको थियो । एक दिन भने पनि वालवालिकाहरुमा रमाउन पाउँदा, बालबालिकासंगै खेल्न पाउँदा बालपनको समेत याद झल्केको र वहाँहरुको अनुहारमा खुसीका रेखाहरु देखिदा आनन्द आएको वताउनु भयो । हाम्रो जन्मभूमि परिवारलाई यो अवसर जुराईदिएकोमा धन्यवाद समेत दिनु भएको छ ।
Comments
Post a Comment