हाम्रो जन्मभूमि सामाजिक संस्थाको ६७औं सामाजिक कार्यक्रम सम्पन्न
काभ्रे । स्थापनाकाल देखी नै सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६७ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले काभ्रेपलान्चोक जिल्ला पनौति नगरपालिका वडा नं. ५ मा रहेको मानव कल्याण समाज (बाल घर)मा आश्रति ४२ जना बालबालिकाहरुलाई एक दिवसीय भोजन कार्यक्रम गरेर कार्यक्रम सम्पन्न गरेको हो ।
हाम्रँे जन्मभूमिका मानार्थ सदस्य तथा समाजसेवी सरिता भुजेलको छोरा शिमियोन माझीको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्व तथा हातेमालो मानव सेवा समुहका सञ्जय श्रेष्ठको प्रमुख आतिथ्यता आश्रममै गएर कार्यक्रम गरिएको हो । उक्त अवसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष
रिता देउजा थापा, सञ्चालक प्रमिला बस्नेत थापा, आजिवन सदस्यहरुः लक्ष्मी श्रेष्ठ, श्याम कर्माचार्य, समाजसेवि तथा टिकटकर सरु श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन सरिता भुजेल लगायतले आर्थिक सहयोग गर्नु भएको थियो ।
Comments
Post a Comment