हाम्रो जन्मभूमि सामाजिक संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न
अशोज ६, २०८१, ललितपुर । स्थापना काल देखिनै सामाजिक सेवामा उल्लेख्य योगदान दिएर देश विदेशमा समेत ख्याति कमाउन सफल हाम्रो जन्मभूमि सामाजिक संस्थाको ४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुर स्थित टिकाथलीमा रहेको नासिका सेकुवा कर्नरमा २०८१ साल अशोज ५ गते शनिवारका दिन संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सिता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता सुवास कर्माचार्य, चौ.साँ.गढी न.पा. वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, हाम्रो जन्मभूमि सामाजिक संस्थाका वरिष्ठ सल्लाहकार निमनाथ फुयाल, चौ.साँ.गढी न.पा. वडा नं. १३ का सदस्य धन बहादुर श्रेष्ठ, समाजसेवी मिना कुमारी मल्ल, मानर्थ सदस्य उत्तम लामा, मानर्थ सदस्य शान्ता गौतम, समाजसेवी आजिवन सदस्य भरत सापकोटा, युवामञ्चका राम शरण ढकाल, निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाली हर्ट गु्रपका डिल्लीराज पराजुली, हातेमालो मानव सेवा समुहका संजय श्रेष्ठ, नेपाली हर्ट ग्रुपका अध्यक्ष कृष्ण के.सी., नेपाल किड्नी समाजका अध्यक्ष रमिला काफ्ले दाहाल, नेपाल मिटर ट्याक्सी सेवा प्रा.लि.का हरिकृष्ण बस्नेत, हाम्रो परिवार संस्थाका दिपेन्द्र खड्का लगायत संस्थाका सञ्चालक समितिका सदस्यहरु, मानर्थ सदस्यहरु, आजिवन सदस्यहरु, शुभचिन्तक, समाजसेवी, स्थानिय सुरक्षा निकाय, पत्रकार आदिको उल्लेख्य उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन र भावि योजनाको बारेमा संस्थाको अध्यक्ष गिता श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको आर्थिक गतिविधिको बारेमा कोषाध्यक्ष रिता थापा देउजाले प्रस्तुत गर्नु भएको थियो । संस्थाले स्थापनाकाल देखी अहिलेसम्म समाजमा पु¥याएको योगदानको बारेमा सागर श्रेष्ठले प्रकास पार्नु भएको थियो । त्यसैगरि उपस्थित सबैलाई संस्थाका सचिव सुमन कुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
यस संस्थाले समाजमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै भविश्यमा पनि यस संस्थाको उक्तरोत्तर प्रगतिको कामना गर्दै संस्थालाई पर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता अधिकांश वक्ताहरुले खुलेरै राख्नु भएको थियो ।
प्रमुख अतिथिको मन्तव्य दिनुहुदै चौतारा साँगाचोक गढी नगरपालिकाका उपमेयर सिता थापाले यस संस्थाले पारदर्शि रुपमा समाज रुपान्तरणको लागि काम गरेकोमा प्रशंसा गर्नु भयो । समाजमा देखिएका विशंगतिहरुको निर्मुल पार्न विकृतिहरुलाई हटाउन यस संस्थाले अझै तदारुक्ताको साथ अगाडी बढ्न अनुरोध गर्दै नगरपालिका हातेमालो गर्न तयार रहेको र स्थानिय नियम कानुन अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
यस संस्थालाई विभिन्न माध्यमबाट सहयोग पु¥याए वापत संस्थाका प्रमुख सल्लाहकार निमनाथ फुयाल र स्थापना काल देखी नै संस्थाको बृहत्तर बृदिको लागि योगदान दिए वापत सागर श्रेष्ठलाई दोशल्ला आढाएर सम्मान गरिएको थियो ।
संस्थाका उत्कृष्ठ सदस्य, संस्थामा आवद्ध सदस्यहरु र संस्थालाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई संस्थाले सम्मान गरेको थियो । संस्गाको निमन्त्रणालाई स्वीकार गरि आउनु भएका प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई मायाँचको चिनो उपलब्ध गराएर सम्मान गरिएको थियो । कार्यक्रम संस्थका उपाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।


Comments
Post a Comment