हाम्रो जन्मभूमिको ६५औ सामाजिक कार्यक्रम सम्पन्न, रू १,०९,१०५ आर्थिक सहयोग

बनेपा। हाम्रो जन्मभूमी सामाजिक संथाले ६५ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेपला्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं(४ डाडागाउँ गणेशस्थान स्थाइ बसोबास गर्नु हुने प्रेम प्रसाद श्रेष्ठका छोरा बर्ष ३८ को स्पाइनल पिडित हेमराज श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दै स्पाइनल इन्जुरि पुर्नस्थापना केन्द्रमा आयोजित एक कार्यक्रमबिच उक्त आर्थिक सहयोग नगद रु। १०९१०५।(एक लाख नौ हजार एक सय पाँच रुपैया) हस्तान्तरण गरेको हो । संस्थाका अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष नारायण श्रेष्ठ ,सचिव सुमन कुमार श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु अम्बर बहादुर राई (राईकान्छा), प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी ,आजिवन सदस्यहरु ,लक्ष्मी श्रेष्ठ ,सुष्मा केसि ,लक्ष्मण तिमल्सिना ,सहयात्री गिता श्रेष्ठ ,विरामीका अभिभावक प्रेम प्रसाद श्रेष्ठ ,कल्पना श्रेष्ठ ,कमला श्रेष्ठ रामकुमार श्रेष्ठ, करुणा श्रेष्ठ लगायतका समाजसेवी सहयोगी तथा सहयात्री मनहरुको उपस्थितिमा रहेको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट अध्यक्षले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएको थियो । स्मरण रहोस् केही समय अगाडि धुलिखेल हस्पिटल मा पनि सिघ्र स्वस्थ्य लाभको कामना गर्दै रू ९,००० आर्थिक सहयोग गरिएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न