हाम्रो जन्मभूमिको ६३ औं सामाजिक कार्यक्रम मानव कल्याण समाजमा
भक्तपुर । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ६३औं सामाजिक कार्यक्रम भक्तपुर झौखेलमा स्थित मानव कल्याण समाज (सेवा घर)मा आश्रति बृदा आमा बुबाहरुलाई एक दिवसीय भोजन कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
संस्थाका आजिवन तथा केन्द्रीय सदस्य काजी श्रेष्ठको जन्मदिनको अवसरमा अध्यक्ष गिता श्रेष्ठको सभापतित्व्य तथा चौतरा सांगाचोकगढी नगरपालिका वडा नं १३ का वडा सदस्य यस संस्थाका आजिवन सदस्य धन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सञ्चालकहरुः प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी आजिवन सदस्यहरु लक्ष्मी श्रेष्ठ, रमिला काफ्ले दाहाल,सुष्मा के सि
समाजसेविहरु चन्दन कुमार अमात्य, ललित बहादुर श्रेष्ठ, शर्मिला श्रेष्ठ, पवित्रा श्रेष्ठ, बिमला श्रेष्ठ, सुमन श्रेष्ठ, मेनुका श्रेष्ठ, कृतन श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment