सोच्दै नसोचेको ठाउँमा हाम्रो जन्मभूमिको ६२ औं सामाजिक कार्यक्रम सम्पन्न

दोलखा । भनिन्छ साना साना कामबाट पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । जिवनमा केही गर्छु भन्ने भावना हुनुपर्छ, आँट हुनु पर्छ, ईच्छा हुनु पर्छ सबै भन्दा ठूलो कुरा मन हुनुपर्छ त्यसपछि असम्भव पनि सम्भव हुन्छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाको उद्देश्य अनुरुप यस संस्थाले आफ्नो ६२औं सामाजिक कार्यक्रम दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं ३ झ्याँकु, महतारामा रहेको श्री जनश्रमिक आधारभूत विद्यालयमा अध्ययनरत १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु (कपि र झोला) वितरण गरेर सम्पन्न गरेको छ । काठमाडौंबाट करिब ७ घण्टा ३० मिनेटको लगातार यात्रा अनि विचबाट अर्को गाडीको यात्रापछि उक्त स्थानमा पुगेका थियौं । लामो यात्राको सिथिल शरिर अनि मलिन अनुहार लिएर त्यहाँ पुग्दा लाग्थ्यो कार्यक्रम त्यति सफल नहोला तर हामीले जे शोचेका थियौं त्यो सबै विपरित भयो । त्यस स्कूलमा अध्यायनरत विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको न्यानो स्वागत, बालबालिकाहरुको ट्यालेन्ट देखेर हामीत हेरेको हेरेकै भयौं । साह्रा पिडाकस्ट भुलेछौं । बालबालिकाहरुसंगै नाच्यौं रमायौं सुन्दर प्रकृतिक दृष्यहरुको अबलोकन ग¥यौं । आनन्द लियौं । चारै तिर फेरी हेरेयौं हरियाली वातावरणमा रमायौं । जिवनमा त्यति टाढा पुग्ने कल्पना समेत गरेका थिएनौं । यस कार्यमा त्यस स्कूलको प्र.अ. रेणुका खड्काको ठूलो भूमिका रहेको छ । वहाँलाई संस्थाको तर्फबाट धेरै धेरै बधाई तथा धन्यवाद ज्ञापन गरेको छ । संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा गौरीशंकर गाउपालिका वडा नं ३ का वडा सदस्य एैते बहादुर तामाङको प्रमुख आतिथ्यमा उक्त शैक्षिक सामाग्रि वितरण कार्यक्रम भएको हो । उक्त अबसरमा संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, केन्द्रीय सदस्य प्रमिला बस्नेत, स्थानिय समाजेवी नेत्र बस्नेत, त्यसै विद्यालयमा अध्यापन गराईरहनु भएका शिक्षिका, शिक्षकहरु अभिभावक आदीको उल्लेख्य उपस्थिति रहेको थियो । यस कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगिमनहरुलाई धेरै धेरै धन्यवाद किनकी वहाँहरुको सहयोग नभएको भए यो कार्यक्रम सफल हुने नै थिएन ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न