हाम्रो जन्मभूमि सामाजिक संस्थाले धुमधामको साथ मनायो तेस्रो स्थापना दिवस
काभ्रे । स्थापना काल देखि नै सामाजिक सेवामा आफ्नो छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले तेस्रो स्थापना दिवस धुमधामको साथ मनाएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी, राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रीय कोषाध्यक्ष तथा हाम्रो जन्मभूमि सामाजिक संस्थाका पूर्व सञ्चार प्रमुख सागर श्रेष्ठको प्रमुख आतिथ्यमा हाम्रो जन्मभूमिको तेस्रो स्थापना दिवस मनाएको हो ।
प्रमुख अतिथि सागर श्रेष्ठको बहुलीबाट पानसमा वत्ति वालेर उदघाटन गरिएको काभ्रे स्थित मानव कल्याण समाज सेवा घरको सभा हलमा सञ्चालित उक्त कार्यक्रममा समाजसेवी सुमि मानव, मानर्थ सदस्य तथा समाजसेवी काजल नानु घिमिरे, मानर्थ सदस्य तथा समाजसेवी श्याम कर्मचार्य, संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक प्रमिला थापा बस्नेत, सञ्चालक मदन अधिकारी, मानर्थ सदस्य रमिला काफ्ले दाहाल, आजिवन सदस्य लक्ष्मी श्रेष्ठ, समाजसेवीहरु साथै उक्त सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुको उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा सुमि मानवले हाम्रँे जन्मभूमिको निस्वर्थ समाजसेवाको कार्यक्रम देख्दा मन प्रफुल्ल भएको र आगमी दिनमा सहकार्य गरेर समाजमा केही गर्नको लागि आफु उत्सुक रहेको वताउनु भयो ।
प्रमुख अतिथिको मन्तव्यको क्रममा सागर श्रेष्ठले स्थापना काल देखी आज तेस्रो स्थापना दिवस मनाउदै गर्दा सम्मको संस्थाले गरेको सामाजिक गतिविधिहरुको संक्षपमा प्रकास पर्नु भएको थियो । संस्थाले तराईको घाम दुर्गमको वस्ती पहाडको अफ्ठेरो बाटो घाम पानी हावा हुरी केही नभनि आवश्यक परेको ठाउँमा निस्वार्थ समाजसेवा गरेको, पारदर्शी रुपमा सेवा गरेको हुनाले अहिले सम्म ५९ वटा सामाजिक काम गर्न सफल भएको वताउनु भएको थियो ।
अध्यक्ष गिता श्रेष्ठले संस्थालाई यो उचाईमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगिमनहरुलाई धन्यवाद दिंदै आगमी दिनहरुमो पनि यस्तै निरन्तर सहयोगको अपेक्षा गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
संस्थाका मानर्थ सदस्य काजल घिमिरे नानुको पसिन आजै जन्म दिन परेकोले उक्त आश्रममा आश्रित आमाबुबाहरुसंगै दुईवटा केक संस्थाको अध्यक्ष गिता श्रेष्ठ र नानु घिमिरे काजलले काटेर हर्षोउल्लसको साथ तालीको गढगढाहटमा तेस्रो् स्थापना दिवस एक आपसमा केक खुवाएर मनाइएको थियो ।
संस्थाको तेस्रो स्थापना दिवसको अबसरमा मानव कल्याण सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुलाई एक दिवसिय मिस्ठान्न भोजन गराएर खुसी साटसाट गरेर स्थापना दिवस सम्पन्न गरेको हो ।
Comments
Post a Comment