प्रताप बहादुर गुरुङ बचाउ अभियान

मृगौला पिडित प्रताप गुरुङ्गलाई सहयोग गर्न हाम्रो जन्मभूमिको अपिल काठमाडौं । मानिसको जन्मसंगै मृत्युपनि हुन्छ यो ध्रुव सत्य हो । रोग त्यो पनि गरिवलाई नै लाग्नु चै अभिसाप नै रहेछ । स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं १२ स्थायी घर भई हाल बालाजु माच्छापोखरीमा बसोबास गर्दै आएका मनजित गुरुङका छोरा ४० वर्षीय प्रतापबहादुर गुरुङको दुवै मिर्गौलाले काम नगरेको पनि करिब ६ वर्ष भई सक्यो । अहिले शुभ अस्पतालमा उपचाररत वहाँको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । आर्थिक अवस्था अति कमजोर भएकोले किड्नी समेत ट्रान्सप्लान्ट गर्न सकेको छैन । यो रिर्पोट तयार पार्न वहाँ बसेको ठाउँमा पुग्दा साँझा खानलाई समेत चामल नभएको देख्दा जो कोहीको मन पोल्नु स्वभाविक थियो । वहाँसंगको छोटो कुराकानीपछि चामल किन्नलाई हामीसंग भएके केही रकम दिएर वहाँलाई उपचारमा केही सहयोग पुगोस भन्ने हेतुले हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रताप बहादुर गुरुङ बचाउ अभियान थालेको छ । विगतमा झैं यस पटक पनि हाम्रो जन्मभूमि सामाजिक संस्था सम्माननीय सदस्यहरू, आजीवन सदस्यहरू, र सहयोगी मनहरूलाई सहयोगको लागि अपिल गरेको छ। सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट रसिद प्रदान गर्ने जानकारी गराईएको छ । सहयोगि मनहरुले संस्थाको खातामा सहयोग गर्न सक्नुहुनेछ । ग्लोबल आईएमई बैंक चैतरा सिन्धुपाल्चोक १७७०१०१००००४३२ ईसेवा 9860430780

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न