श्रदालु तथा तिर्थालुहरुलाई पिउनेपानी उपलब्ध गराएर हाम्रो जन्मभूमिले मनायो ५६ औं सामाजिक कार्यक्रम
लेख बहादुर श्रेष्ठ (सागर)
ललितपर । समाजको हरेक क्षेत्रमा सामाजिक कृयाकलापद्धारा आफ्नो उपस्थिति देखाउँदै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५६ औं सामाजिक कार्य तिर्थालु धर्मलम्बिहरुलाई शुद्ध पिउने पानी खुवाएर मनाएको छ ।
ललितपुर स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा २०८० साल फागुन ०२ गते देखी १२ गते सम्म चलिरहेको शिव पुराण यज्ञमा त्याहाँ आउने श्रदालु भक्तजनहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराईएको हो ।
संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठको संयोजक्त्योमा बिनोद खडका अध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर, रीता थापा देउजा कोषाध्यक्ष, प्रमिला थापा बस्नेत सञ्चालक सदस्य, हेम बहादुर अधिकारी, श्याम कृष्ण नेपाली सहकोषाध्यक्ष श्री सन्तानेश्वर महादेव मन्दिर, लव के. सी सदस्य आदीको उपस्थिति रहेको थियो ।
पुण्य काम गरेको भन्दै शिव पुराण यज्ञ आयोजक समितिले हाम्रो जन्मभूमि सामाजिक सस्थालाई कदर पत्र प्रदान गरेर सम्मान समेत गरेको छ ।
Comments
Post a Comment