मोफसलमा हाम्रो जन्मभूमिको ५३ औं सामाजिक कार्यक्रम, बृद्धबृद्धाहरु रमाए दिवाभोजमा

लेख बहादुर श्रेष्ठ (सागर), ईटहरी । काठमाडौं उपत्यकामा मात्र नभई मोफसलमा पनि त्यतिकै परिचित छ हाम्रो जन्मभूमि सामाजिक संस्था । जहाँ आवश्यकता छ त्याहाँ निस्वार्थ पुग्छन हाम्रो जन्मभूमिको टिम । त्यसैले हाम्रो जन्मभूमि सामाजिक संस्था सामाजिक सेवाको पर्यवाची बनेको छ । मिति २०८०/१०/०४ गते बिहीबार हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ५३औ सामाजिक कार्यक्रम विराटनगर तिनटोलिया स्थित मानव सेवा समाज आश्रममा एक दिवसिय भोजन कार्यक्रम गरि सम्पन्न गरेको छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाको कोषाध्यक्ष रिता देउजाको सम्योजकत्व तथा संस्थाका सल्लाहकार रमेशकुमार चापागाईंको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अबसरमा केन्द्रीय सदस्य प्रमिला बस्नेत थापा, मानार्थ सदस्य रिता अधिकारी ,सहयोगी भिम बिक्रम थापा, उज्वल विक्रम थापा, कोपिला चौधरी, पार्वती श्रेष्ठ लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । हाम्रो जन्मभूमिको सह्रनिय कामको उच्च मुल्याङ्कन गर्दै मानव सेवा आश्रमको तर्फबाट प्रशंसा पत्र समेत हस्तानतरण गरेको थियो । कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी मनहरु तथा उपस्थिति सबैलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरि विशेष भूमिका निभाउनुहुने सल्लाहकार रमेश चापागाईलाई संस्थाले धन्यवाद दिएको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न