हाम्रो जन्मभूमिको ५२ औं सामाजिक कार्यक्रम, मृगौला पिडित सवितालाई २५,५०० आर्थिक सहयोग
ललितपुर । स्थापनाकाल देखी नै सामाजिक क्षेत्रमा उल्लेख्य सामाजिक काम गर्दै आएको हाम्रो जन्मभूमिले आफ्नो ५२ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । मिति २०८०÷०९÷२६ गते बिहीबार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ घर भएका मृगौला पिडित सविता श्रेष्ठलाई स्वास्थ लाभको कामना गर्दै नासिका सेकुवा कर्नर टिकाथलीमा आर्थिक सहयोग नगद रु। २५,५००। हस्तानतरण गरेको हो ।
धेरैजसो रोगहरु खानाका कारणबाटै हुने भएकोले खानामा सबैले ध्यान दिनु पर्ने, जो कसैलाई कुनैपनि रोग लागे आत्माबल बढाए जुनसुकै रोगलाई जित्न सकिने भन्दै सागर श्रेष्ठले सवैलाई स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभएको थियो ।
उक्त नगद हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ ,कोषाध्यक्ष रिता देउजा थापा केन्द्रीय सदस्यहरु झम्क बहादुर श्रेष्ठ ( काजि), प्रमिला बस्नेत थापा,अम्बर बहादुर राई (राईकान्छा), हेम बहादुर अधिकारी , सावित्री श्रेष्ठ ,सविता श्रेष्ठ अशोक श्रेष्ठ ,जगत बहादुर श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गरेको थियो भने सहयोग गर्नुहुने सहयोगी मनहरुको नाम कोषाध्यक्ष रिता थापाले वाचन गरेर सार्वजनिक गर्नुभएको थियो ।
सहयोगिमनहरु सबैलाई संस्थाको तर्फबाट गिता श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
समवेदना प्रकट
हाम्रो जन्मभूमि सामाजिक संस्थाका आजिवन सदस्य कुमार श्रेष्ठको बुबा अर्जुन बहादुर श्रेष्ठको ६१ वर्षको उमेरमा असमयिक निधन भएकोमा हाम्रो जन्मभूमिको टिम निजको निवासमा गई समवेदना व्यक्त गरेको छ ।
एक मिनेट मौनधारण गरेर मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक स्तव्धपरिवार जनमा गहिरो समवेदना व्यक्त गरेको हो ।
Comments
Post a Comment