हाम्रो जन्मभूमि सामाजिक संस्थाले मृगौला पिडित गहतराजलाई ग¥यो ३८,१०० आर्थिक सहयोग
काठमाडौं । हरेक सुख दुःखको साथी हाम्रो जन्मभूमी सामाजिक संस्थाले आफ्नो ४७ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगढि नगरपालिका वडा न. १३ ठुलोसिरुवारि कोटडाँडा घर भएका अति विपन्न दुबै मृगौला पिडित तिलक बहादुर गहतराजलाई वीर अस्पताल परिसरमै गई आज आर्थिक सहयोग नगद रु ३८,१००। सहयोग हस्तानतरण गरेको हो ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा तथा संस्थाका सल्लाहकार डा.शर्मिला मोक्तान, उपाध्यक्ष नारायण श्रेष्ठ ,सचिव सुमन कुमार श्रेष्ठ केन्द्रीय सदस्यहरु प्रमिला बस्नेत थापा,अम्बर बहादुर राई (राईकान्छा),झम्क बहादुर श्रेष्ठ ,हेम बहादुर अधिकारी आजिवन तथा पुर्व बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ ,मानार्थ सदस्य उर्मिला अधिकारी, आजिवन सदस्यहरु रमिला दाहाल ,लक्ष्मी श्रेष्ठ ,अम्बिका गौतम श्रेष्ठ ,समाजसेवी रामशरण बि.क,, मेगानाथ चौलागाई, धुर्व गहतराज लगायतको विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।
आर्थिक अवस्था एकदमै कमजोर भएको र घरमा दुई बच्चाहरुमात्र भएको परिवारमा अरु सहयोगी नभएको साथै मृगौला दिन पनि अरु आफन्त नभएकोले केही समय पहिला आर्थिक सहयोगको लागि अपिल गरिएको थियो । सहयोगी मनहरु तथा उपस्थिति सबैलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
Comments
Post a Comment