हाम्रो जन्मभूमिको तेस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन 

ललितपुर । स्थापनाकाल देखी नै सामाजिक सेवामा अग्रणी कार्य गर्दै आई रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी सहकारी विद निमनाथ फुँयालको प्रमुख आतिथ्यमा टिकाथली स्थित नासिका रेष्ट्रोमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  पानसमा वक्ति बालेर कार्यक्रमको उदघाटन भएको उक्त कार्यक्रममा हार्ट ग्रुप, हातेमालो सामाजिक सेवाका प्रतिनिधीहरु, सल्लाहकारहरु, मानर्थ सदस्य, आजिवन सदस्य शुभचिन्तक, समाजसेवी पत्रकार, सुरक्षाकर्मीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । संस्थाको उपाध्यक्ष शोभा बेलबासे पौडेलद्धारा स्वागत गरिएको उक्त कार्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष गिता श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७९÷२०८० सालमा संस्था मार्फत विभिन्न ठाउँ तथा व्यक्तिहरुलाई सहयोग पु¥याउनु हुने सहयोगि मन तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । महिलो चरणको कार्यक्रममा शुभकामना दिनुहुने सबै वक्ताहरुले संस्थाले गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गरेको थियो र अझै अगाडी बढ्नलाई शुभकामना दिनु भएको थियो ।  प्रमुख अतिथिले मन्तव्य राख्नुहुँदै यो संस्थाको शुरुवाती देखीनै नजिकै रहेर काम गरेको, आवश्यक मार्ग निर्देश, सल्लाह सुझाव दिएको र सल्लाहाकारहरुको रायलाई सञ्चालक समितिले उच्च प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्नु भएको थियो । सागर श्रेष्ठद्धारा सञ्चालित उक्त कार्यक्रममा दोस्रो चरणमा सबै प्रतिवेदनहरु छलफल पश्च्यात तालिबजाएर अनुमोदन गरिएको थियो । यो कार्यक्रममा विशेष अधिवेशन पनि भएको हुँदा दिपक खड्काको संयोजकत्वमा डा. शर्मिला मोक्तान र सल्लाहकार नारायण श्रेष्ठको तिन सदसिय निर्वाचन समिति गठन गरिएको थियो । उक्त समितिले बृहत छलफल पछि पुनः गिता श्रेष्ठको अध्यक्षमा ९ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिव सुमन कुमार श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा त्यसैगरि सदस्यहरुमा तुलसा श्रेष्ठ, अम्बर बहादुर राई, झम्क बहादुर श्रेष्ठ, प्रमिला बस्नेत थापा र हेम बहादुर अधिकारी निर्वाचित भएकाछन । 

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न