हाम्रो जन्मभूमिको ४५ औं सामाजिक कार्यक्रम सम्पन्न
काभ्रे । सामाजिक कार्यमा अग्र पंतिमा रहेर समाजमा सानो सानो कामबाट पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने विश्वासको साथ अगाडी बढीरहेको सामाजिक संस्था हाम्रो जन्मभूमिले आफ्नो ४५ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
काभ्रे जिल्ला पनौति नगरपालिका वडा न. ९ पनौतिमा अवस्थित श्री प्राणनाथ माइती बृद्ध आश्रममा आश्रृत बृद्धबृद्धा तथा बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन गराएर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
हाम्रो जन्मभूमि सामाजिक संस्था को आजिवन सदस्य तथा समाजसेवी नारायण श्रेष्ठको जन्मदिनको अवसरमा संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा उक्त कार्यक्रम गरिएको थियो । त्यस अबसरमा संस्थाका सल्लाहकार निमनाथ फुयाल, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरुः रिता देउजा थापा,अम्बर बहादुर राई ( राईकान्छा),झम्क बहादुर श्रेष्ठ, मानार्थ सदस्यहरुः श्याम कर्मचार्य, दिपक श्रेष्ठ , आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा, हेम बहादुर अधिकारि ,नारायण श्रेष्ठ ,समाजसेवी उज्वल विक्रम थापा, सविता श्रेष्ठ, लगायत विभिन्न समाजसेवी सहयोगि ,सहयात्री व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिको हो ।
Comments
Post a Comment