प्रेम बहादुर बि.क. बचाऊँ अभियानमा हाम्रो जन्मभूमि
काठमाडौं । स्थापना कालदेखी नै सामाजिक क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रेम बहादुर बि.क. बचाऊँ अभियान शुरु गरेको छ ।
यस संस्थाले हालसम्म ४१ वटा सामाजिक सेवामुखी कार्यक्रम गरिसकेको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. २, पारवापानी स्थाई घर भई हाल भक्तपुर बसोबास गर्दै आईरहेको वि.क.को परिवारमा ६० वर्षकी आमा हर्कली कमीनी बाहेक कोही पनि छैन । विगत १३ वर्ष २०६७÷०२÷०८ गते देखी डायलासीस गराई रहेको वि.क.को किड्नी ट्रान्सपाल्न्ट गर्न आफन्त कोही नभएको र कसैले पनि दिन नमानेकोले बुढेसकालको आमाको साहारा बन्नु पर्ने बेलामा अहिले आमाले नै छोराको हेर विचार गर्नु पर्ने, रुपन्देहीमा भएको एउटा घर पनि बैंकमा धितो राखिएको, आमदानी केही नभएको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले, अहिले खान बस्न, औषधी उपचारको लागि अत्यन्त कठिन परिस्थिति भएकोले मनकारी मनहरुमा हाम्रो जन्मभूमि मार्फत सहयोगको अपिल गर्नु भएको छ ।
जस्ले जहाँबाट सहयोग गर्नु हुनेछ वहाँलाई संस्थाको तर्फबाट सहयोग रसिद उपलब्ध गराईने छ र संकलन भएको एकमुस्ठ रकम सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरि सामाजिक सञ्जाल तथा मिडिया मार्फत पारदर्सि रुपमा सार्वजनिक गरिने छ ।
जो कोहीपनि सहयोगि मनहरुले निम्न उल्लेखित प्रकृया मार्फत सहयोग गर्न सक्नुहुनेछ । थप जानकारीको लागि ९८६०४३०७८० ।
बैंक खाता नं. : i६०१०१००००४३२, बैंक : ग्लोबल आईएमई बैंक, ब्रान्चः चौतारा
Comments
Post a Comment