रिमा सेवा समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमीले मनायो ४० औं कार्यक्रम

काठमाण्डौं । सामाजिक क्षेत्रमा एउटा छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ४० औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन सदस्य तथा उपाध्यक्ष शोभा बेलबासेको जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ४० औ कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ गोल्फुटार स्थित रिमा सेवा समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई एक दिवसिय मिस्ठान्न भोजन गराएर मनाएको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा), काजी श्रेष्ठ, मानार्थ सदस्यः नानू घिमिरे (काजल),आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा , रमिला दाहाल , हेम बहादुर अधिकारि, लक्ष्मी बस्नेत त्यसैगरि लायन तथा समाजसेवी मधुकर उपाध्य, कमला घिमिरे, मेनुका घिमिरे, प्रकाश पौडेल, मनोज सापकोटा, लक्ष्मी थापा शर्मिला काफ्ले दाहाल, लगायतको उपस्थिति रहेको थियो सागर श्रेष्ठले संस्थाको बारेमा प्रकाश पार्दै कार्यक्रम सञ्चालन गर्नु भएके थियो । संस्थाका अध्यक्ष गिता श्रेष्ठले सम्पूर्ण उपस्थित तथा सहयोगिमनहरुलाई धन्यवाद दिनु भएको थियो । शोभा बेलबासेले हाम्रो जन्मभूमि साथै उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न