अनाथ बाल बाटिका संघ ललितपुरमा मनायो हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३९ औ कार्यक्रम (भिडियो सहित)

ललितपुर । सामाजिक कार्यमा अग्रणी भूमिका निभाउँदै आएको संस्था हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३९ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आजिवन तथा केन्द्रीय सदस्य झम्क बहादुर श्रेष्ठ (काजि)को जन्मदिनको अवसर पारेर उहाँलाई जन्मदिनको शुभकामना दिदै संस्थाको ३९ औ कार्यक्रम लतितपुर जिल्लाको शोभानगरमा रहेको अनाथ बालबाटिका संघमा सन्ध्याकालिन मिस्ठान्न भोजनको आयोजना गरि सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठ को सम्योजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ,उपाध्यक्ष शोभा वेल्वासे,केन्द्रीय सदस्यहरुः रिता देउजा थापा,अम्बर बहादुर राई (राईकान्छा),मानार्थ सदस्यहरुः नानू घिमिरे (काजल),उर्मिला अधिकारी ,आजिवन सदस्यहरुः प्रमिला बस्नेत थापा ,सुषमा के.सि., रमिला दाहाल, अनुज श्रेष्ठ, समाजसेवी रिता राई लगायत विभिन्न समाजसेवी सहयोगि मनहश्र,सहयात्री व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । स्मरण रहोस हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्ना सदस्यहरुको जन्मदिनको अबसरमा विभिन्न अनाथ आश्रम, बृद्धबृद्धा आश्रम लगाएको ठाउँहरुमा गएर एक दिवसिय मिस्ठान्न भोजन खुवाएर मनाउने गरेको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न