अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएर हाम्रो जन्मभूमिले मनायो ३५ औं सामाजिक कार्यक्रम

काठमाडौं । स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा अब्बल काम गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले ३५ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । जोरपार्टी स्थित बुद्धिष्ट चाईल्ड होममा आश्रित बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन र शैक्षिक सामाग्रिहरु वितरण गरेर मनाएको हो । संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा आज संस्थाका केन्द्रीय सदस्य अम्बर बहादुर राई र समाजसेवि उज्जवल विक्रम थापाको जन्म दिनको अबसर पारेर उक्त कार्यक्रम गरेको हो । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्ना सदस्य तथा शुभचिन्तकहरुको जन्मदिन तथा कुनै शुभ कार्यहरु गर्दा कुनै अनाथलाय, आश्रमहरुमा गएर मनाउने गरेको छ यसै क्रममा आजको जन्मदिन यस आश्रममा गरेको हो । उक्त अबसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, महिला उपाध्यक्ष शोभा बेलबासे, केन्द्रिय सदस्य रिता थापा देउजा, अम्बर बहादुर राई, काजि श्रेष्ठ, मानर्थ सदस्य शान्ता गौतम, आ.स. प्रमिला बस्नेत थापा, दुर्गा मैनाली, समाजसेवीहरुः भरत प्रसाद सापकोटा, पुनराम पौडेल, उज्जवल विक्रम थापा, भिम विक्रम थापा, शौरब विक्रम थापा, नेत्र प्रसाद दाहाल, रविन्द्र थापा, गीता बिष्ट, पत्रकार प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रम सम्पन्न गर्नलाई सम्पूर्ण खर्च जन्मदिन परेका व्यक्तिहरुले उपलब्ध गराउनु भएको थियो । वहाँहरुको उत्तरोत्तर प्रगति र दिर्घायुको कामना गर्दै बच्चाहरुके साथमा केक पनि काटेर खुसी शेयर गरेको थियो । yk tl:j/sf] nflu oxfF lyRg'xf]; .

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न