बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराएर मनायो हाम्रो जन्मभूमिले ३३ औं सामाजिक कार्यक्रम (भिडियो सहित)

काठमाडौं । यो समाजमा हाम्रो पनि दायित्व छ । जिवनका कमाईहरु मध्ये १० देखी १५ प्रतिशत सम्म समाजकै लागि खर्च गर्न सके मानव भएर बाँच्नुको अर्थ रहन्छ । हाम्रो जन्मभूमि सामाजिक संस्थाले समाज प्रतिको दायित्व दिन प्रतिदिन पुरा गर्दै अघि बढिरहेको छ । जन्मदिन होस या विवाह वा अन्य उत्सव, पृतृ कार्यहोस वा कुनैपनि उत्सव । हामी होटल, रेष्टुरेण्ट, रिसोर्ट आदिमा गएर गर्ने खर्चहरुलाई अब कसैको हाँसो खुशीमा बदल्ने प्रयास गर्दैछौं । अब हाम्रो जन्मभूमिका सदस्य तथा शुभचिन्तकहरुले त्यस्ता दिनहरुम बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुको चेहरामा खुशी ल्याउने भएको छ । फजुलमा गर्ने खर्चहरु बृद्धबृद्धा आश्रम तथा अनाथालयमा गएर एक दिन भने पनि मिष्ठान्ना खाना खुवाएर उहाँहरु संगै रमाएर मनाउँनुको मज्जा बेग्लै छ । आगमी दिनमा पनि निरन्तरता दिईने छ । यसै क्रममा हाम्रो जन्मभूमिको शुभचिन्तक देवी श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर हाम्रो जन्मभूमि सामाजिक संस्था मार्फत बनेपा स्थित बौद्ध बृद्धआश्रममा रहेको बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान भोजन गराउनुभएको छ । उहाँको जन्म दिनको अबसरमा उक्तरोत्तर प्रगति र दिर्घायुको कामना गर्दछौं ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न