बाउआमा गुमाएका टुहुरोलाई हाम्रो जन्मभूमिको आर्थिक सहयोग 34
सिन्धुपाल्चोक । स्थापना काल देखि नै दिन दुःखी, असाहाय, बृद्धाबृद्ध, बालबालिकाहरुको साहारा बन्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले बाउआमा नभएको टुहुरा एक विद्यार्थीलाई पढाईमा सहयोग पुगोस भन्ने हेतुले रु पाँच हजार आर्थिक सहयोग गरेर संस्थाको ३४ औं कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०७९÷१२÷०२ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढि नगरपालिका वडा नं १३ मा रहेको श्री सेती देवि माध्यमिक विद्यालयको ६२ औ बार्षिकोत्सव अभिभावक भेला एवम भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष गिता श्रेष्ठले हाम्रो जन्मभूमि सामाजिक संस्थाको तर्फबाट त्यसै विद्यालयको कक्षा १०मा अध्यनरत आफ्नो बाउआमा गुमाएको आर्थिक अवस्था अति कमजोर भएको अन्जन पुरिलाई रु ५०००÷ नगद हस्तान्तरण गरेको हो ।
हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रेरणादायि उत्कृष्ठ काम गरेकोमा प्रमुख अतिथि लगायत अन्य महानुभावहरुले प्रशंसा गर्नुको साथै सम्मान पनि गरिएको थियो ।
Comments
Post a Comment