हाम्रो जन्मभूमिको ३१ सामाजिक कार्यक्रम धुलिखेलमा हुँदै
स्थापनाकाल देखिनै सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो ३१ औं सामाजिक कार्यक्रम धुलिखेल स्थित मानव कल्याण समाजमा गर्ने भएको छ ।
यस संस्थाका १ नं. मानर्थ सदस्य समाजसेवि शान्ता गौतमको बुबा स्वर्गिय नरेन्द्र प्रसाद चौलागाईको पुण्य तिथि पारेर तपशिलको मिति र स्थानमा हाम्रो जन्मभूमि मार्फत धुलिखेल स्थित मानव कल्याण समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन खुवाउन लागिएको हो । यस पुण्य काममा काठमाडौ उपत्यकामा रहेका र धुलिखेलमा रहेका संस्थाका सदस्यहरुलाई सम्भव भएसम्म उपस्थित हुन हार्दिक अनुरोध गरेको छ ।
मितिः २०७९ साल पौष १२ गते
समयः विहान ९ बजे
स्थानः मानव कल्याण समाज, धुलिखेल
Comments
Post a Comment