हाम्रो जन्मभूमिको २८ औं सामाजिक कार्यक्रम कार्तिके दान मार्फत गरियो
ललितपुर । हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २८ औं सामाजिक कार्यक्रम नेपाल स्नेही काखमा खाद्यन्न सामाग्री तथा नगद दिएर सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा ललितपुर स्थित धापाखेलमा अवस्थित नेपाल स्नेही काखमा समाजसेवी तथा मनकारी आमा चित्रादेवी घिमिरेको स्पोन्सरमा चामल, दाल, चिनी, नुन, दुध, चियापक्ति चाउचाउ, तेल, विस्कुट लगायत १४ हजार बराबरको खाद्यन्न सामान र ग्यास किन्नलाई नगद रु २ हजार गरि १६ हजार बराबरको सहयोग गरेको हो ।
मान्छेसंग धन मात्र भएर हुँदैन मन पनि चाहिन्छ । यो कार्तिकमा दान गरे पुण्य पाईने भएकोले यहाँ आएर दान गर्न पाएकोमा धेरै खुसी भएको अनुभव मनकारी मनकी आमा चित्रादेवी घिमिरेले सामान हस्तानतरण पछि वताईन ।
उक्त सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, मानर्थ सदस्य नानु घिमिरे काजल, मानर्थ सदस्य निर्मल घिमिरे, समाजसेवी मनका धनी चित्रादेवी घिमिरे, समाजसेवी ज्वती दवाडी नेपाल स्नेही काखका समाजसेवी श्रीनेहा पोखरेल लगायतको उपस्थित रहेको थियो ।
सहयोग हस्तान्तरण पश्च्यात सरप्राईज स्पोन्सर हाम्रो जन्मभूमि मार्फत सहयोग हस्तानतरण गर्न पाएकोमा खुसी हुँदै धन्यबाद ज्ञापन गर्दै आगमि दिनमा पनि सहयोगर सदभावको अपिल गर्दै अध्यक्षले कार्यक्रमको समापन गर्नु भएको थियो र अन्तमा आमाहरुसंग नाचेर केही समयभएपनि खुसी साटासाट गरिएको थियो ।

Comments
Post a Comment