आर्थिक अभावका कारण विरामीलाई आईसियुबाट निकालिदियो औषधि पनि दिन छाड्यो
काठमाडौं । यो संसारमा जन्मीसकेपछि बाँच्न पाउने हामी सबैको नैसर्गिक अधिकार हो । तर यहाँ पैसा हुनेले मात्र बाँच्न पाउने रहेछ । देशैभरि तिहार छठ मनाई रंहँदा भने एक परिवारको चित्कार मात्र आई रह्यो त्यो पनि अस्पतालको बेडबाट ।
प्राप्त जानकारी अनुसार विरामी रुपनारायणलाई आर्थिक अभावकै कारण अहिले अस्पतालले आईसियुबाट निकाली दिएको र विरामीलाई औषधी पनि दिन छाडेको वहाँको परिवारले वताउनु भएको छ ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ६ घर भएका रुपनारायण बसेल ज्यालादारी कामगरी घर फर्कने क्रममा असोज १३ गते राति करिब ८ बजे तिर मोटरसाईकल दुर्घटनामा परि सडकबाट करिब १०० मिटर तल खस्दा अनुहार क्षतविक्षत भएको थियो । अचेत अवस्थामा झापाको विर्तामोड स्थित बि.एण्ड.सी. अस्पतालमा उपचारको लागि पु¥याईएको थियो । लामो समयको आईसियु उपचारपछि अहिले होस आएतापानि आर्थिक अभावकै कारण थप उपचार हुननसकेको पारिवारिक श्रोतले जनाएको छ ।
ज्यालादारीकै भरमा आफ्ना दुई ११ र ६ वर्षका छोरा श्रीमतीलाई पालि राखेको बसेलको आर्थिक अवस्था कमजोर रहेको पाइएको छ ।
यस विषयमा थप जानकारी लिदा ईलाका प्रहरी कार्यालय तेह्रथमले दिएको जानकारी अनुसार निज रुपनारायणसंग ड्राईभिङ्ग अनुमति पत्र नभएको र घर फर्कन क्रममा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको जानकारी दिएको छ । आठराई गाउँपालिकाले पनि निज व्यक्तिको आर्थिक अवस्था कमजोर भएकोले आवश्यक आर्थिक सहयोग गरिदिनहुन अपिल गरेको छ ।
सुख दुःखको साथी हाम्रो जन्मभूमि सामाजिक संस्थाले विगतमा जस्तै यस पटक पनि आर्थिक अवस्था कमजोर भएका रुपनारायणको थप उपचारको लागि आर्थिक संकलन गर्न अभियान थालेको छ । यस अभियानमा यस संस्थाका संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य लगाएत सुभचिन्तक र मनकारी मनहरुलाई अपिल गरेको छ ।
सहयोग गर्न चाहानुहुने मनकारी मनहरुलाई संस्थाको खाता मार्फत सहयोग गर्न अपिल गरिन्छ । तपाईले पठाउनु भएको सहयोग रकम प्राप्त भएपछि संस्थाले तपाईलाई रसिद उपलब्ध गराउने छ र सामाजिक संजाल मार्फत सार्वजनिक गरिने छ ।
बैंक खाता नंं i601010000432
बैंक : ग्लोबल आईएमई बैंक
ब्राञ्च : चौतारा
थप जानकारीको लागि संस्थाको अध्यक्ष गिता श्रेष्ठ ९८६०४३०७८०


Comments
Post a Comment