हाम्रो जन्मभूमि समाजिक संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, राम्रो काम गरेकोमा खुलेरै प्रशंसा

काठमाडौं । स्थापना काल देखी नै सामाजिक सेवामा अहोरात्र खटिरहेको हाम्रो जन्मभूमि सामाजिक संस्थाले दोस्रो वार्षिक साधारण सभा भव्यताको साथ मनाएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा मा. आयुक्त कृष्ण कुमारी पौडेल (खतिवडा) को प्रमुख आतिथ्य र राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष, समाजसेवी, सिजन मिडियाको सि.ई.ओ. प्रदिपराज वन्तको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अन्य अतिथिहरुमा दिपक खड्का अध्यक्ष हेलम्बु गाउँपालिका ३, केदारनाथ दाहाल अध्यक्ष नेपाल भन्सार तथा क्यापिटल श्रमिक संघ, सिताराम खत्री समाजसेवी तथा राजनितिज्ञ, धन बहादुर श्रेष्ठ सदस्य चौतारा साँगाचोकगढी न.पा. वडा नं. १३, रेजिना तुलाधर सिईओ नेपाल एयरहोस्टेज अकेडेमी, अनु शर्मा अध्यक्ष नेपाली हर्ट ग्रुप चितवन, गोविन्द थापा अध्यक्ष नेपाली हर्टग्रुप काठमाडौं, जुना दाहाल प्रतिनिधी मेची महाकाली, हरिकृष्ण बस्नेत अध्यक्ष नेपाल मिटर ट्याक्सी सेवा प्रा.लि., मणिराज सिंह कवि, साहित्यकार तथा समाजसेवी, कुशल सिंह बुढा कार्यालय प्रमुख प्रहरी चौकी टिकाथली, उत्तमराज लामा मानर्थ सदस्य हाम्रो जन्मभूमि, कृष्ण केसी सचिव नेपाली हर्टग्रुप काठमाडौं, घनश्याम पोखरेल कार्यकारी प्रमुख मोक्षलक्ष्मी संस्था, कागेश्वरी सेवा समाजका अध्यक्ष, नेपाल टे«ड युनियन कांग्रेस आप्रवासन विभागका सह संयोजक, सञ्जय श्रेष्ठ हातेमालो मानव सेवा समाज, कार्यकारी प्रमुख मोक्षलक्ष्मी सहकारी संस्था, श्रवण कुमार समाजसेवी तथा व्यवसायी, निर्मल घिमिरे मानर्थ सदस्य हाम्रो जन्मभूमि आदिको उपस्थित रहेको थियो । नेपालको राष्ट्रिय गान र प्रमुख अतिथि, सभापतिद्धारा पानसमा वक्ति प्रज्वलन गरि काक्रमको उदघाटन गरिएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले स्वागत मन्तब्य राख्नेक्रममा संस्थले अहिलेसम्म गरेको सामाजिक कृयाकलापको बारेमा प्रकास पार्नु भएको थियो । पवि श्रेष्ठको स्वागत नृत्यले उपस्थितिहरुको मन तानेको देखिन्थ्यो । सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन गिता श्रेष्ठले प्रस्तुत गरेकथयो भने कोषाध्यक्षको प्रतिवेदन नारायण श्रेष्ठले प्रस्तुत गरेको थियो । शुभकामना मन्तव्य दिनुहुने अतिथिहरुले खुलेरै संस्थाले गरेको प्रगति देखी र प्रशंसा गरेको थियो । मन्तव्यको क्रममा कार्यक्रमको प्रमुख अतिथि मा.आयुक्त कृष्ण कुमारी पौडेल (खतिवडा)ले संस्थाले थोरै समयमा धेरै सामाजिक कार्यहरु गरेकोमा खुसी व्यक्त गर्दै आफुले सकेको यस संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैग िविशिष्ठ अतिथि प्रदिपराज वन्तले विगत २ वर्षदेखी एउटा राम्रो पारदर्शि यस संस्थासंग सहकार्य गरेर काम गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुलाई मायाँको चिनो उपहार प्रदान गर्दै पहि लो शत्रको समापन कार्यक्रमको सभापति गिता श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न