हाम्रो जन्मभूमि सामाजिक संस्थालाई सामाजिक सम्मान, सदस्यहरुमा हौशला

सिन्धुपाल्चोक । स्थापनाकाल देखी नै विविध कठिनाईहरु पार गर्दै सामाजिक क्षेत्रमा तल्लिन रहेको हाम्रो जन्मभूमि सामाजिक संस्थालाई सामाजिक सम्मान प्रदान गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका र १३ नं वडा कार्यलय ठूलोसिरुवारीको आयोजनामा ५८ औं राष्ट्रिय बाल दिवस तथा बालमैत्री वडा घोषणा कार्यक्रममा उक्त सम्मान गरिएको हो । १३ नं वडा का वडाअध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा त्यस क्षेत्रका बालबालिकाहरुको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा बृतिविकासको लागि अतुलनिय योगदान दिएको भन्दै उक्त सम्मान गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलोसिरुवारी सिन्धुपाल्चोक जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ । उक्त कार्यक्रममा संस्था सम्मानित भएसंगै सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष गिता श्रेष्ठले बधाई दिईएकी छिन भने संस्थाका सदस्यहरुमा खुसी र हौसला भढेको छ । विगतमा राष्ट्रिय स्तरको सामाजिक एचिभमेन्ट अवार्ड समेत पाई सकेको यस्तो गौरबमय संस्थाको सदस्यता लिन पाएकोमा सबै सदस्यहरुमा गर्वको महशुस भएको आभास छ । यस्तै साथ र सहयोग आगमी दिनहरुमा पनि सदस्य तथा शुभचिन्तकहरुबाट हुने संस्थाले अपेक्षा राखेको छ ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न