घाँटीको क्यान्सर पिडित चित्र बहादुर सार्की बचाउँ अभियानमा हाम्रो जन्मभूमि

सिन्धुपाल्चोक । जसको यो संसारमा कोही हुँदैन त्यसको भगोवान हुन्छ । हो त्यही भगोवानरुपी बनेर आएको छ हाम्रो जन्मभूमि सामाजिक संस्था । यस संस्थाले स्थापना काल देखीनै आपत विपतमा परेका सयौं व्यक्तिहरुलाई सहयोग गर्दै आई रहेको छ । संस्थाले २३ वटा सामाजिक कार्यक्रमहरु गरि सकेको छ । यस पटक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. १ साविक सेलाङ्ग गा.वि.स. वडा नं. ६ स्थायी घर भएका लाल बहादुर सार्कीको छोरा चित्र वहादुर सार्की विगत लामो समय देखी घाँटीको क्यान्सर पिडित हुनुहुन्छ । आर्थिक अभावकै कारण वहाँले उपचार गराउन सक्नु भएको छैन । अहिले गा.पा.ले एउटा पत्र बनाई दिएपछि आर्थिक संकलन गर्नको लागि दिनरात घामपानी नभनि सडक गाउँ बस्तीमा माग्दै हिडिरहनु भएको छ । वहाँको ९ देखी १६ वर्ष सम्मको ४ छोरी र श्रीमती हुनुहुन्छ । आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले हाम्रो जन्मभूमि सामाजिक संस्थाले वहाँको अप्रेशन सफल गर्नको लागि सहयोगि मनहरुसंग सकेको आर्थिक सहयोग गरिदिनहुन अपिल गरेको छ । सहयोगि मनहरुले संस्थाको आतामा रकम पठाएर वा सिधै क्यूआर स्क्यान गरेर रकम पठाउन सक्नुहुनेछ । सहयोग र सदभावको लागि धन्यबाद । सहयोग रकम तपाईले संस्थाको खातामा वा क्यूआर गरेर वा ईसेवा मार्फत पठाउन सक्नुहुनेछ । ज-जस्ले जति सहयोग गर्नु भएको छ सम्पूर्ण जानकारी हाम्रो जन्मभूमि सामाजिक संस्थाको फेसबुक पेज र फेसबुक ग्रप तथा मेसेन्जर मार्फत पारदर्शि रुपमा सार्वजनिक गर्नेछौं । बैंक खाता नं. : i६०१०१००००४३२ बैंक : ग्लोबल आईएमई बैंक ब्रान्चः चौतारा ईसेवा ९८४१८५१९२५ थप जानकारीको लागि : संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठ ९८५१२१९५५२

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न