भिरबाट लडेको बालकलाई बचाउन सहयोग को लागि अपिल
काठमाडौं । हे भगोवान गरिबको घरमा मात्र बास हुने भए दुःख गरि अझै पिडा दे । यो पिडा किन गरिबलाई मात्र हुन्छ ? के गरिबको चैं यस धर्तीमा बाँच्न पाउने अधिकार छैन ? किन पिडा माथी पिडा थपिदै जान्छ ? हरेक दुःखी, असाहाय, गरिब समस्यामा परेकाहरुको उद्धार गर्दै आएको हाम्रो जन्मभूमि सामाजिक संस्था यस पटकपनि एक पिडित भिरबाट खसेको अचेत बालकलाई बचाउनको लागि हार्दिक अपिल गर्दछ । मानव सेवा नै धर्म हो ।
मिति २०७९/०१/१४ गतेका दिन दुर्गम जिल्ला ओखलढुंगा, मोलुङ गाउपालिका वडा नः ८ रागादिप बस्ने श्री बालकृष्ण राईको छोरा अजिव राई (शुशिल) भीरबाट लडेर अचेत अबस्थामा रहेको र अजिव राईको आमा पनि मुटु सम्बन्धि दिर्ग रोगले गंगालाल हस्पिटलमा उपचार गराई रहेकी छिन यहि बेला छोराको भिरबाट खसेर अर्को पिडा थपिएपछि उपचार गर्न समस्या परेको हो । उहाँको आर्थिक अबस्था एकदमै कमजोर भएकोले थप उपचार को लागि आर्थिक सहयोग गरिदिनका लागि सम्पूर्ण देश बिदेशमा रहनु भएका सहयोगी मनहरुलाई अपिल गर्दछौ।
तपाईहरुले उपलब्ध गराउनु भएको सहयोग वापत संस्थाले रसिद उपलब्ध गराउने छ । वर्षभरिमा जसले बढि सहयोग गर्नुहुनेछ वहाँलाई विशेष कार्यक्रमको विच सम्मान गरिने छ । तपाइहरुबाट प्राप्त रकम एकमुष्ठ सम्बन्धित पिडत वा पिडितको आफन्तलाई हस्तानतरण गरिने छ । विगतका २२ वटा कार्यक्रमहरुमा यहाँको साथ र सहयोगले सफल भएकोमा यस कार्यक्रमलाई पनि सफल बनाईदिनहुन हार्दिक अपिल गर्दछौं । सहयोग रकम तपाईले संस्थाको खातामा वा क्यूआर गरेर वा ईसेवा मार्फत पठाउन सक्नुहुनेछ ।
ज-जस्ले जति सहयोग गर्नु भएको छ सम्पूर्ण जानकारी हाम्रो जन्मभूमि सामाजिक संस्थाको फेसबुक पेज र फेसबुक ग्रप तथा मेसेन्जर मार्फत पारदर्शि रुपमा सार्वजनिक गर्नेछौं । बैंक खाता नं. : i६०१०१००००४३२ बैंक : ग्लोबल आईएमई बैंक ब्रान्चः चौतारा ईसेवा र आईएमई पेः ९८४१८५१९२५ थप जानकारीको लागि : संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठ ९८५१२१९५५२
Comments
Post a Comment