पिडितलाई उपचारको लागि सहयोग गर्दै हाम्रो जन्मभूमिले मनायो २२ औं सामाजिक कार्यक्रम
काठमाडौं । साना साना काम गरेर पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने उद्देश्यको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो २२ औं सामाजिक कार्यक्रम केही समय पहिले सिन्धुपाल्चोकको दारेगौंडा भन्ने भिरबाट मोटरसाईकल सहित खसेर असक्त भएको निरोज श्रेष्ठलाई एकमुष्ठ ५० हजार नगद हस्तानतरण गरेर सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोकको कल्लेरी भन्ने ठाउँको १७ वर्षे युवा मोटर साईकलमा गौरतिबाट पछाडि बसेर फर्कदै गर्दा भिरबाट खसेर असक्त भएको थियो । अहिले वहाँको कएमसी अस्पतालमा उपचार भई रहेको छ । आर्थिक स्थिति अत्न्त कमजोर भएकोले वहाँको आमाले सहयोगको लागि अपिल गर्नु भएको थियो । साहि अनुसार हाम्रो जन्मभूमि सामाजिक संस्थाले पहल गरेको थियो । हाम्रो जन्मभूमिको सदस्यहरु र मनकारी शुभ चिन्तकहरुबाट पठाएको रकम एकमुष्ट आज अस्पतालमा गएर निरोज श्रेष्ठको बुबा तेज बहादुर श्रेष्ठलाई हस्तानतरण गरेको हो ।
उक्त हस्तानतरण कार्यक्रम संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा भएको थियो । सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्यहरु रिता थापा देउजा, झम्क बहादुर श्रेष्ठ (काजी), आजिवन सदस्य प्रमिला थापा बस्नेत, मानर्थ सदस्य मिरा पुरी गिरी, समाजसेवी वसन्ति गिरी, सुजता श्रेष्ठ र तेज बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।
उक्त हस्तानतरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई धन्यबाद ज्ञापन गदैृ आगमी दिनहरुमा संस्थाले गर्ने सामाजिक कार्यहरुमा यस्तै सहयोगको अपेक्षा गर्नु भएको थियो ।
Comments
Post a Comment