आपतको मित्र नै एक सच्चा मित्र हो, हाम्रो जन्मभूमिको २१ औं सामाजिक कार्य सम्पन्न

काठमाडौं । अझै पनि यो स्वार्थी दुनियामा मानवियता छ भन्ने उदाहरण हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रस्ट्याइएको छ । जसको सबै भएर पनि यो संसारमा कोही छैन भन्ने भान हुन्छ त्यहाँ हाम्रो जन्मभूमि हुन्छ । ओखलढुङ्गा निवासी युवराज तोलाङ्गी जो लामो समयदेखी विर अस्पतालको ग्याट्रोलोजी वार्डको बेड नं. ४३ मा मृत्युसंग लडिरहेका छन । सबै भएर पनि एक्लो महसुस गरिरहेका उनि विगत लामो समयदेखी उपचाररत तोलाङ्गीको गरिविकै कारण पैसा नभएर उपचार हुन सकेको छैन । पेटको रोगले ग्रसित तोलाङ्गीको आएश्रोत केहीपनि छैन । उहाँलाई दैनिक सेवन गर्ने औषधी किन्ने पैसापनि नभएको सूचना प्राप्त भएपछि हाम्रो जन्मभूमि साममजिक संस्थाले युवराज तोलाङ्गी बचाउँ अभियान नै सञ्चालन गरि आज एकमुष्ठ ८५ हजार नगद अस्पतालमै गएर हस्तानतरण गरेको हो । उक्त सहयोग हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष गिता श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरु रिता देउजा थापा, अम्बर बहादुर राई, आजिवन सदस्यहरु प्रमिला वस्नेत थापा, हरिकृष्ण विरामीको आफन्त आदिको उपस्थिति रहेको थियो । यस अभियान सफल बनाउनको लागि संस्थाका मानर्थ सदस्य चुडामणी पोखरेलले प्रमुख भूमिका खेलेको थियो । स्वदेश तथा विदेशमा रहेका संस्थाका मनकारी सदस्य तथा शुभचिन्तकहरुले अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्नु भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न