युवराज तोलाङ्गी वचाउ अभियानमा सहभागि बनौं
हुनेको त यो संसारमा सबै छ तर नहुनेको कोही पनि हुँदैन । तर नहुनेको लागी हामी छौं । हाम्रो जन्मभूमि सामजिक संस्था मार्फत कोही नभएकाको नजिकको मित्र बन्न सक्नुहुनेछ । बिर अस्पतालको ग्याष्ट्रो वार्डको बेड नं. ४३ मा लामो समयदेखी मृत्युसंग लडिरहनु भएको युवराज तोलाङ्गलाई बचाउन सबैमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।
ओखलढुङ्ग, मोलुङ्ग २ बरुणेश्वर, रामपुरमा जन्मनु भएका युवा विगत लामो समयदेखी पेटको आन्द्रामा घाउ भएर उपचाररत हुनुहुन्छ । एक चोटी अप्रेशन गरि सकेका तोलाङ्गको पुनः अप्रेशन गर्नु पर्ने बाद्यता भएपछि सहयोगको अपिल गर्नु भएको हो । आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले अहिले वहाँलाई दैनिक खाने औषधी सम्म किन्न गाह्रो भएको छ । पैसाकै अभावले गर्दा अप्रेशन पनि नहुने अवस्था आएपछि वहाँको बाँच्न पाउने अधिकार सुनश्चित गर्न हाम्रो जन्मभूमि सामाजिक संस्थाले वहाँलाई बचाउन यो अभियान शुरु गरेको हो ।
यो अभियानमा सहभागि हुन चाहनुहुने महानुभावहरुले संस्थाको खातामा वा क्यूआर गरेर रकम पठाउन सक्नुहुनेछ अथवा अरु माध्यमबाट पनि पठाउन सक्नुहुनेछ । तपाईको रकम प्राप्त भएपछि संस्थाको तर्फबाट सहयोग रसिद उपलब्ध गराईने छ र जम्मा भएको रकम एकमुष्ठ वैशाख १९ गते हस्पिटलमा गएर वहाँलाई हस्तानतरण गरिने छ । यो अभियानमा सहभागि हुन चाहानुहुने मनकारी मनहरुले वैशाख १८ गते सम्म सहयोग गर्न सक्नुहुने छ । तपाईले गर्नु भएको सहयोगको रकम सहित तपाईको नाम हाम्रो जन्मभूमिको पेजमा अपडेट गर्दै जाने छौ । सहयोग र सदभावको लागि धन्यबाद ।
संस्थाकाे खाता नम्बर I601010000432
Comments
Post a Comment