हाम्रो जन्मभूमिको प्रथम स्थापना दिवस सम्पन्न, पाँच जना समाजसेवीलाई विशेष सम्मान

काठमाडौं । स्थापना काल देखी नै सामाजिक सेवामा अहोरात्र खटिएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रथम स्थापना दिवस भव्यताको साथ मनाएको छ । संस्थाको अध्यक्ष गिता श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष, समाजसेवी, सिजन मिडियाको सि.ई.ओ. प्रदिपराज वन्तको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा निलो आकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमनाथ फुँयाल, संस्थाको मानर्थ सदस्य तथा समाजसेवी रमेश कुमार चापागाई, त्यसैगरी अतिथिहरुमा नेपाल एयर होस्टेज एकेडेमीका डाईरेक्टर रेजिना तुलाधर, व्यापारी तथा समाजसेवी निर्मल प्रसाद घिमिरे, समाजसेवी डा. सर्मिला मोक्तान, टंक दुलाल, उत्तमराज लामा, भिम बहादुर थापा, मेची महाकाली संस्थाको तर्फबाट जुना दाहाल, पत्रकार सरोज चामलिङ्ग राई र खिलानाथ ढकाल, उज्जवल विक्रम थापा, मृगौला समाज अध्यक्ष रमिता काफ्ले दाहाल, केन्द्रीय पदाधिकारी, सदस्यहरु, मानर्थ सदस्यहरु, आजिवन सदस्यहरु, पत्रकार, समाजसेवी शुभचिन्तक आदिको उपस्थिति रहेको थियो । पानसमा वक्ति बालेर प्रमुख अतिथि सभापति लगायतले कार्यक्रमको औपचारिक शुरु गर्नु भएको थियो । उक्त अबसरमा संस्थाको गतिविधि समेटिएको एक वर्ष फर्केर हेर्दा विमोचन गरिएको थियो । स्वागत मन्तव्यको क्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले हाम्रो जन्मभूमि सामाजिक संस्था नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित भएको जानकारी गराउनुको साथै संस्थाले हालसम्म गरेको प्रगति विवरण निम्न अनुसार सार्वजनिक गर्नु भएको थियो । हाम्रो जन्मभूमि सामाजिक संस्था मार्फत हालसम्म गरिएको सहयोगको अपडेट १, स्वदेश देखी विदेशबाट समेत संस्थालाई विश्वास गरेर विभिन्न समयमा गरि रु १०० देखी ७०,६८५ सम्म जम्मा १२,८१,४८० रुपैयाँ सहयोग । २ विभिन्न आवश्यक ठाउँहरुमा नगद सहयोग (व्यक्ति देखी संस्थागतसम्म) ९,३७,१६९ ३, व्यवस्थापन १,५०,००० (धेरै रकम संस्थाका केन्द्रीय समितिका सदस्यहरुबाट संकलन) ४, श्रम सहयोग ३,००० घण्टा ५, ५१,००० भन्दा बढी सहयोग गर्नेहरु जम्मा ४ जना त्यसै गरि २५ हजार देखी ४९,९०० सम्म सहयोग गर्नेहरु ८ जना, ५ हजार देखी २४,९०० सम्म सहयोग गर्ने ६६ जना र १०० देखी ४,९०० सम्म सहयोग गर्नेहरु ८१ जनालाई सम्मान । ६, यस संस्थामा अहिलेसम्म १ जना विशेष सहित ४५ जना मानर्थ सदस्य र ३१ जना आजिवन सदस्हरु रहेका छन । उक्त अबसरमा रिता थापा देउजा, काजल घिमिरे (नान)ु, शान्ता गौतम, राजु गिरी र निर्मल प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित विषेश सम्मान गरिएको थियो त्यसैगरि सरिता भुजेल, फनिन्द्र सापकोटा, रुद्र प्रसाद अधिकारी, श्री सेती देवि भूतपूर्व विद्यार्थी समाज ठूलोसिरुवारी (सागर श्रेष्ठ), धनु रिजाल, ओम प्रसाद सुबेदी, गिता श्रेष्ठ, मेची महाकाली सामाजिक संस्था, प्रमिला थापा बस्नेत र अम्बर बहादुर राई गरि १० जनालाई विशिष्ठ सम्मान गरिएको थियो । उक्त अबसरमा अन्य १४५ जना समाजसेवीहरुलाई सम्मान गरिएको थियो । उक्त अबसरमा ४४ जना मानर्थ सदस्यहरु र ३१ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । हाम्रो जन्मभूमि सामाजिक संस्थाले अहिलेसम्म गरेका सामाजिक कामहरुः यस संस्थाले एक वर्ष भित्रमा औपचारिक रुपमा २० वटा सामाजिक काम गरि सकेको छ । जुन यस प्रकार रहेको छ । १, २०७७ चैत्र ३ गते अत्यन्त अस्वस्थ विमारी कर्मबोध सुदिप थापालाई नगद रु १,३६,७३० सहयोग । २, २०७८ साल असार १ गते साहाराको घर भरतपरमा दिवाखाना स्वरुप रु ७,५०० सहयोग ३, २०७८ साल असार १ गते बालबालिका सेवा आश्रम इटहरीमा एक दिवसिय भोजनको लागि नगद रु १५,००० उपलब्ध गराईएको । ४, २०७८ साल असार १ गते सृजनशिल बाल आश्रम बुटवलमा एक दिवसिय भोजनको लागि रु ७,५०० उपलब्ध गराईएको । ५, २०७८ साल असार ५ गते मेलम्ची बाढी पिडितलाई स्थानीय स्तरमै गई १,३८,००५ बराबरको ४० घर परिवारलाई खाद्यन्न सामागी्र वितरण गरेको । ६, २०७८ साल श्रावण ५ गते बोनमारो पिडित शुसिल शाहीलाई उपचारको लागि १,६३,००० नगद सहयोग उपलब्ध गराईएको । ७, २०७८ साल भाद्र १ गते जन्मजात अपाङ्ग, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. १३ निवासी घाँटीको क्यान्सर पिडित गणेश बहादुर श्रेष्ठलाई नगद ९२,००० हस्पिटलमै गई सहयोग हस्तान्तरण गरेको । ८, २०७८ साल भाद्र १५ गते दुर्घटनामा परेर अशक्त भएको विकास गौतमलाई उपचारको लागि नगद ९०,००० सहयोग हस्तान्तरण गरेको । ९, २०७८ असोज १२ गते मानव कल्याण समाज झौखेलमा आश्रित बालवालिकाहरुलाई एक दिवसिय खाना स्वरुप रु ७,५०० उपलब्ध गराईएको । १०, २०७८ साल अशोज १८ गते सृजनशिल आश्रममा आश्रित बालबालिकाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन गर्न रु १०,००० उपलब्ध गराईएको । ११, २०७८ साल अशोज २९ गते चौतारा बृद्ध आश्रममा आश्रित बृद्धाबृद्धहरुलाई न्यानो कपडा सहित मिष्ठान्न भोजन र नगद रु ७,५०० उपलब्ध गराईएको । १२, २०७८ साल कार्तिक १२ गते बौद्धिक अपाङ्गता संघ चौतारामा नगद रु २७,००० उपलब्ध गराईएको । १३, २०७८ साल कार्तिक २५ गते अर्घाखाँचीका ४ वटा विद्यालयमा शैक्षिक सामाग्री र नगद रु २७,१२५ बराबरको उपलब्ध गराईएको । १४, २०७८ साल पौष २९ गते सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. वडा नं. १३ मा स्थापित ५ वटा स्कूललाई रु ४४,७८० बराबरको शैक्षिक सामाग्री हस्तान्तरण र उक्त वडामा गरिव असाहय मेरुदण्ड भाँचिएकी महिलालाई ह्वील चियर वितरण गरिएको । १५, २०७८ साल माघ २२ गते आमाको माया छात्राबास भरतपुरमा ३०,२०० बराबरको न्यानो कपडा, शैक्षिक सामाग्री हस्तान्तरण । १६, २०७८ साल माघ २३ गते असाहाय बृद्ध कल्याण समाज चितवनमा आश्रृत बृद्धबृद्धाहरुलाई न्यानो कपडा, खाद्यान्न लगायतका समानहरु रु ३५,५०० बराबरको सहयोग हस्तान्तरण । १७, २०७८ साल फाल्गुण २७ गते मानव कल्याण समाज काभ्रेमा अवस्थित बृद्धबृद्धाहरुलाई १६,००० बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको । १८, २०७८ साल फाल्गुण २७ गते सुनसरीको ईटहरीमा रहेको २ वटा विद्यालयमा ५९,०४९ बराबरको शैक्षिक सामागी्रहरु वितरण गरेको । १९, २०७८ साल चैत्र ५ गते आमाको माया छात्राबास धादिङ्गमा १३,७८० बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको । २०, २०७८ साल चैत्र १४ गते एस.एस.डि.आर.सि. कोटेश्वरमा ९,००० सहयोग अटिजम बालबालिकाहरुको लागि । शुभकामना मन्तव्य सबै अतिथिहरुले शुभकामना मन्तव्य दिने क्रममा थोरै समयमा पनि संस्थाले धेरै राम्रा सामाजिक कार्यहरु गर्न सफल भएकोमा उक्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो । यस संस्थाका सक्रिय भाई बहिनीहरुको जांगरिलो कामले मलाई पनि यस संस्था मार्फत समाजमा केही गर्ने जोश बढेको छ ः रमेश कुमार चापागाई । संस्थालाई आवश्यक परेको खण्डमा भावि दिनहरुमा पनि आर्थिक सहयोग निरन्तर गर्नेछु ः निर्मल प्रसाद घिमिरे । साना–साना काम गरेर पनि ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यसैको परिणाम हो हाम्रो जन्मभूमि सामाजिक संस्था नेशनल सोसल वेलफेयर सम्मान २०२१ बाट सम्मानित भएको ः रेजिना तुलाधर यस कार्यक्रममा आएर यस संस्थाले गरेको राम्रा सामाजिक कामले मन छोयो ः डा. सर्मिला मोक्तान व्यस्तताको बाबजुद पनि यत्रो सामाजिक कार्य गर्दै लिखित दस्तावेज हुबहु उतार्न सक्नु र सार्वजनिक गर्नु संस्था पारदर्शी रहेको प्रमाण हो ः निमनाथ फँयाल । यस संस्थामा मात्र नरहेर अन्य संघ संस्थाहरुमा पनि रहेर, आफ्नो घरपरिवारलाई खुसी पारेर सामाजिक क्षेत्रमा दिनरात अहोरात्र खटेर यति धेरै सामाजिक काम गर्नु आफैमा सह्रानिय कार्य हो । निरन्तर समाजसेवामा अघी बढिरहेको देख्न पाउँ ः प्रमुख अतिथि प्रदिपराज वन्त । प्रथम स्थापना दिवसको अबसरमा केक काटेर खुसी साटसाट गरिएको थियो । कार्यक्रमलाई रोचक र मनोरञ्जनातमक बनाउन पबि श्रेष्ठ र निकिता तामाङ्गले उत्कृष्ठ नृत्य प्रस्तत गरिएको थियो । प्रथम स्थापना दिवस सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण शुभचिन्तकहरुलाई अध्यक्ष गिता श्रेष्ठले धन्यबाद दिनु भएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम नासिका रेष्ट्रो टिकाथलीमा भएको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न