हाम्रो जन्मभूमिले आफ्नो १९ औं सामाजिक कार्यक्रम आमाको मायाँ छात्राबास दाधिङ्गमा मनायो

धादिङ्ग। भगोवानले पनि त आँट म पु¥याउँछु भन्छ रे । सायद त्यही भएर होला हाम्रो जन्मभूमि सामाजिक संस्थाले एक पछि अर्को राम्रो काम गर्दै गईरहेको छ । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो १९ औं सामाजिक कार्यक्रम धादिङ्ग स्थित आमाको मायाँ छात्राबासमा आश्रित छात्रहरुलाई खाद्यन्न, शैक्षिक सामाग्रिहरु वितरण तथा केक खुवाएर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र समाजसेवी भिम बिक्रम थापाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अबसरमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, सस्थाका कार्यसमिति सदस्य रिता थापा देउजा, मानर्थ सदस्य प्रमिला बस्नेतको समेत उपस्थिति रहेको थियो । विशेष आतिथ्यमा डा. नविन बन्दु र राजेन्द्र रानाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले सस्थाको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने बोल्ने वक्ताहरु डा. नविन बन्दुले यस्तो विकट ठाउँमा पनि सहयोगको हातहरु लियर आएर आश्रित बालबालिकाहरुसंग केही क्षण भएपनि रमाएर खाद्यन्न र शैक्षिक सामाग्रिहरु वितरण गरेकोमा खुशी व्यक्त गर्दै भावि दिनहरुमा पनि सहकार्यको लागि अनुरोध गर्नु भएको थियो । प्रमुख अतिथि भिम बिक्रम थापाले यस्तो पुण्य काममा सहभागि हुन पाएकोमा धन्यबाद व्यक्त गर्दै आगमी दिनहरुमा अझै सकृय भएर अगाडी बढ्ने हौसला मिलेको बताउनु भयो । अन्तमा हाम्रो जन्मभूमि सामाजिक संस्थाको केन्द्रीय सदस्य रिता थापा देउजाको छोरा सौरब विक्रम थापाको आजै जन्मदिन परेको र वहाँको गत २७ गते जन्मदिन परेको उपलक्षमा कार्यक्रमलाई सफल बनाउनको लागि स्पोन्शर गर्नु भएको थियो । कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई कार्यक्रमका सभापति गिता श्रेष्ठले धन्यबाद व्यक्त गर्नुहुँदै आगमि दिनहरुमा संस्थाले गर्ने सामाजिक कार्यक्रममा हातेमालो गरिदिनहुन अनुरोध गर्नु भएको थियो । कार्यक्रमको संयोजन संस्थाका कोषाध्यक्ष नारायण श्रेष्ठले गर्नु भएको थियो । click here for more photo

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न