हाम्रो जन्मभूमिको १८ औं सामाजिक कार्यक्रम इटहरीमा, २५० भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण

इटहरी । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले इटहरीको दुर्गम वडा नं. १५ मा रहेका २ वटा स्कूलहरु शम्भुनाथ मा.वि. र सरस्वती आ.वि.का २५० भन्दा बढि विपन्न तथा जेहन्दार छात्रा छात्रहरुलाई शैक्षिक सामाग्रिहरु वितरण गरेर १८ औं सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका कार्य समितिका सदस्य तथा कार्यक्रम संयोजक तुलसा श्रेष्ठको सभापतित्वमा संस्थाका मानर्थ सदस्य रमेश कुमार चापागाई संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ त्यसैगरि शम्भुनाथ मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष लखन लाल चौधरीको विशेष आतिथ्यता रहेको थियो भने मानर्थ सदस्य रिता अधिकारी, समाजसेवी अल्पना आचार्य, समाजसेवि तथा गितकार आकाश खड्का, मञ्जु सिंखडा, श्याम खतिवडा, दिपक कार्की, कृष्ण भट्टराई, (एभिन्यूज टेलिभिजन), रोशन कार्की, भिम प्रसाद भट्टराई, लक्ष्मी कटुवाल, दलित महिला वडा सदस्य मेधिनी, समाजसेवी विद्या, दुबै स्कूलका शिक्षिका, शिक्षकहरु अन्य समाजसेविहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठले सस्थाको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने बोल्ने वक्ताहरु लखनलाल चौधरी र रमेश कुमार चापागाईले यस्तो विकट ठाउँमा पनि आएर संस्थाले विपन्न तथा जेहन्दार बालबालिकाहरुलाई शैक्षिक सामाग्रि उपलब्ध गराएकोमा धन्यबाद सहित उक्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । उक्त अबसरमा ४ जना शिक्षिकाहरुले ४ जना विपन्न बर्गका छात्रा तथा छात्राहरुलाई १० कक्षा सम्म शैक्षिक सामाग्रि उपलब्ध गराउने अपनतो ग्रहण गर्दै शैक्षिक सामाग्रि तथा स्कूल ड्रेस उपलब्ध गराईएको थियो । कार्यक्रम उमेश गौतमले सञ्चालन गर्नुभएको थियो । अन्तमा हाम्रो जन्मभूमि सामाजिक संस्थाको केन्द्रीय सदस्य रिता थापा देउजाको आजै जन्मदिन परेकोमा उहाँले पठाउनु भएको केक काटेर वाल वालिकाहरुलाई खुवाएर रमाईलो् गरिएको थियो । for more photo click here

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न