पिताको नाममा बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन
धुलिखेल । हामीले साना साना काम गरेर पनि समाजमा ठूलो ठूलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले धुलिखेलको २८ किलोमा मानव समाज कल्याण आश्रममा आश्रय लिई रहेका ४५ जना बृद्धबृद्धाहरुलाई एक दिवसिय मिष्ठान्न भोजन सहित अन्य खाद्यन्न सामाग्रिहरु हस्तानतरण गरेर आफ्नो १७ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका १ नं. मानर्थ सदस्य शान्ता गौतमले उक्त कार्यक्रमको लागि सहजता अपनाउनु भएको थियो । आफ्नो स्वर्गे बुबाको सम्झनामा हाम्रो जन्मभूमिद्धारा आयोजित उक्त कार्यक्रममा सहभागि हुन पाउँदा आनन्द आएको वताउनु भयो ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठको अध्यक्षतामा सन्चालान भएको कार्यक्रममा शान्ता गौतम र मानव कल्याणका प्रमुख सुमि म्यामको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ , कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्य रीता देउजा थापा र अम्बर बहादुर राईको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य र प्राथना मानव कल्याण समाजले गरेको थियो । सस्थाको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्दै अध्यक्ष गिता श्रेष्ठले शान्ता गौतमलाई विशेष धन्यवाद दिनु भएको थियो कार्यक्रम औपचारिक रूपमा सागर श्रेष्ठले सन्चालन गर्नु भएको थियोे ।
for more photos click here
Comments
Post a Comment