असहाय वृद्ध कल्याण समाजमा हाम्रो जन्मभूमिको टिम न्यानो कपडा, खाद्यान्न सहित पुग्यो
चितवन । उदेश्य के लिनु उिडछुनु चन्द्र एक । साना साना काम गरेर पनि समाजमा ठुलो ठुलो परिवर्तनहरु गर्न सकिन्छ । त्यही उदेश्यका साथ हाम्रो जन्मभूमि सामाजिक संस्थाले संस्थाका सल्लाहकार नारायण श्रेष्ठको पहलमा रत्ननगर नगपालिका -१३ अमलिया चितवनमा रहेकाे असहाय वृद्ध कल्याण समाज्म आश्रय लिरहेका वृद्धबृदाहरुलाइ न्यानाे कपडा, खाध्यान्न सामाग्री तथा एकदिवसीय भाेजन बितरण गरेको छ ।
नारायण श्रेष्ठको सभापतित्योमा सन्चालान भएको कार्यक्रममा गिता श्रेष्ठ काे प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाका बरिस्ठ उपाध्यक्ष सागर श्रेष्ठ , कोषाध्यक्ष नारायण श्रेष्ठ, सहसचिव सुमित्रा न्यौपाने, केन्द्रिय सदस्य तुलसा श्रेष्ठ, रीता देउजा थापा, अम्बर बहादुर राईको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहेरका सस्थामा आवद्ध सदस्यहरु तथा शुभचिन्तकहरुबाट आर्थिक सहयोग गर्नु भएको थियोे ।
सस्थाको उदेश्य र कार्यक्रमको बारेमा सुमी न्यौपानेले प्रकाश् पार्नु भएको थियो भने कार्यक्रम औपचारिक रूपमा सागर श्रेष्ठले सन्चालन गर्नु भएको थियोे । यो सस्थाको १६ औं कार्यक्रम हो ।
for more photo click here
Comments
Post a Comment