हाम्रो जन्मभूमिको १५ औं कार्यक्रम चितवनमा हुँदै
काठमाडौं । सामाजिक र मानव सेवाका सहयात्री भन्ने मुल नाराको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्था जसले स्थापनाकाल देखी नै सामाजिक सेवामा सकृय हुँदै आएको छ । यस संस्थाले आफ्नो १५ औं सामाजिक कार्यक्रम चितवनमा गर्ने भएको छ ।
चितवन भरतपुर १२ नवरत्न टोलमा रहेको आमाको मायाँ छात्राबासमा अवस्थित बालिकाहरुलाई शैक्षिकसामाग्रि, सरसफाई सामाग्रि तथा अन्य सामाग्रिहरु वितरण साथै चितवन रत्ननगर नगरपालिका १३ अमेलियामा रहेको असहाय बृद्ध कल्याण समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई एक दिवसिय खाना साथै अन्य खाद्यन्न लगायतका सामाग्रिहरु तपशिलको मितिमा हस्तान्तरण गर्ने भएकोले सम्पूर्ण संस्थापक, मानर्थ, आजिवन, साधारण सदस्य तथा शुभचिन्तकहरुलाई सहभागि हुन र सहयोग गर्नहुन हार्दिक अपिल गर्दछौं ।
सहयोग गर्न चाहानुहुने मनकारीहरुले संस्थाको खातामा क्यूआर मार्फत सहयोग गर्न सक्नुहुनेछ । उक्त रकम जम्मा भए पश्च्यात संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ । थप जानकारीको लागि संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठलाई ९८५१२१९५५२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
तपशिलः
मिति: २०७८ साल पौष २१ गते
स्थानः आमाको मायाँ छात्राबास
समयः दिन ४ बजे
मिति : २०७८ साल पौष २२ गते ।
स्थान : असहाय बृद्ध कल्याण समाज
समय : बिहानको १० बजे ।
सेवामा
गिता श्रेष्ठ
अध्यक्ष
हाम्रो जन्मभूमि सामाजिक संस्था
Comments
Post a Comment