विपन्न परिवारका पाँच बालबालिकालाई हाम्रो जन्मभूमिको शैक्षिक सामाग्रि
चौतारा । असहाय, विपन्न, गरिबको सारथि बन्दै स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्वारा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ४ कुबिण्डेमा बिपन्न परिवारको ५ जना बालबालिकाहरुलाई पठनपाठनको लागि एकदमै धेरै समस्या भएको कुरा जानकारी सोही स्थानका साहित्यकार घनश्याम नेपालले जानकारी गराए अनुसार हाम्रो जन्मभूमी सामाजिक सस्थाले उक्त स्थानमै गएर ५ जना बाल बालिकाहरु प्रत्येकलाई एक दर्जन कपि र ब्याग बितरण गरिएको छ । जस अनुसार
१, लिलि ठकुरी कक्षा ८
२, मिलन रम्तेल कक्षा ३
३, सृजना सुनुवार कक्षा ६
४, सुजता रम्तेल कक्षा ६
५, रुजा ठकुरि कक्षा ४
उक्त कार्यक्रममा संस्थाको अध्यक्ष ,सचिव र साहित्यकार घनश्याम नेपाल तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम सफल बनाउन बिभिन्न तह र तप्काबाट सहयोग गर्नु हुने सम्पूर्णमा संस्थाको तर्फबाट अध्यक्षले विशेष धन्यवाद ब्यक्त गरेको छ ।
Comments
Post a Comment