शिक्षा र स्वास्थ्यलाई मध्यनजर राख्दै पाँच वटा स्कूलका छात्रछात्राहरुलाई शैक्षिक सामाग्रि वितरण

सिन्धुपाल्चोक । साना साना कामहरु गरेर पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । हामीले यहि समाजमा जन्म लियौं अब यहि समाजको लागि केही गर्नु पर्छ भन्ने मुल उद्देश्यको साथ स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्धारा आफ्नो १४ औं सामाजिक कार्य सिन्धुपाल्चोक चौतारासाँगाचोकगढि नगरपालिका वडा १३ मा रहेको ५ वटा स्कुलमा शैक्षिक सामाग्रीहरु तथा ह्वीलचियर बितरण गरेर आफ्नो सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र उक्त नगरपालिकाका वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष शोभा बेलवासे पौडेल, सचीव सुमन श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्हरु तुलसा श्रेष्ठ , रिता देउजा थापा, झम्क काजि श्रेष्ठ , आजिवन सदस्य प्रमिला बस्नेत थापा अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि रामप्रसाद गौतमले यस्तो समाजिक कार्यले विद्यालयका छात्र छात्राको हौसला वढ्नुका साथै अध्ययनमा सहयोग पुग्ने साथै सस्थाको सामाजिक कार्यको प्रसम्सा समेत गर्नु भयो । साथै सम्पूर्ण स्कुलको तर्फवाट समाजसेवीहातहरुलाई धन्यवाद पनि दिनु भयो । उक्त वडामा रहेको सेती देवि माध्यमिक विद्यालय , कुण्डला माध्यमिक विद्यालय, बिपि मेमोरियल आधारभूत विद्यालय , कालिदेवि आधारभूत विद्यालय, गणेश आधारभुत विद्यालयका करिब २०० छात्र छात्राहरुलाई स्कुल व्याग , कपि तथा अन्य सामाग्रीहरु विद्यालयको प्राङ्गणमा सस्थाका सदस्यहरुको आर्थिक सहयोगमा खरिदगरी वितरण गरिएको हो । संस्थाको उद्देश्य र अहिले सम्म संस्थाले सामाजिक क्षेत्रमा गरेका कामहरुको बारेमा संस्थाका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले प्रस्ट पार्नु भएको थियो । देश तथा विदेशमा रहेर सामाजिक सेवाको भावले आर्थिक सहयोग गर्नुहुने तथा कार्यक्रम सफल बनाउन भौतिक रुपमा उपस्थिति हुनुहुने सम्पूर्ण सहयोगी मनहरुमा सस्थाका अध्यक्षद्धारा धन्यवाद ज्ञापन गर्नु भएको थियो । श्री सेति देवि भूतपूर्व विद्यार्थी समाजको पहल, जिवनाथ÷कृष्ण गौतमको सहयोगमा हाम्रो जन्मभूमि सामाजिक संस्था मार्फत विपन्न वर्गका एक पिडित महिलालई ह्वीलचियर उपलब्ध गराईएको थियो । कार्यक्रम शिक्षक तथा समाजसेवी हरिविक्रम नेपालले सञ्चालन गरेको थियो ।

Comments

Popular post

हाम्रो जन्मभूमिको दोस्रो स्थापना दिवस सम्पन्न

हाम्रो जन्मभूमिको प्रारम्भिक साधारण सभा भव्यताको साथ सम्पन्न, अध्यक्षमा पुनः आचार्य

``हाम्रो जन्मभुमि´´को आठौ कार्य सफलता र उत्साहका साथ भरतपुरमा सम्पन्न