Posts

Showing posts from December, 2021

हाम्रो जन्मभूमिको १५ औं कार्यक्रम चितवनमा हुँदै

Image
काठमाडौं । सामाजिक र मानव सेवाका सहयात्री भन्ने मुल नाराको साथ स्थापना भएको हाम्रो जन्मभूमि सामाजिक संस्था जसले स्थापनाकाल देखी नै सामाजिक सेवामा सकृय हुँदै आएको छ । यस संस्थाले आफ्नो १५ औं सामाजिक कार्यक्रम चितवनमा गर्ने भएको छ । चितवन भरतपुर १२ नवरत्न टोलमा रहेको आमाको मायाँ छात्राबासमा अवस्थित बालिकाहरुलाई शैक्षिकसामाग्रि, सरसफाई सामाग्रि तथा अन्य सामाग्रिहरु वितरण साथै चितवन रत्ननगर नगरपालिका १३ अमेलियामा रहेको असहाय बृद्ध कल्याण समाजमा आश्रृत बृद्धबृद्धाहरुलाई एक दिवसिय खाना साथै अन्य खाद्यन्न लगायतका सामाग्रिहरु तपशिलको मितिमा हस्तान्तरण गर्ने भएकोले सम्पूर्ण संस्थापक, मानर्थ, आजिवन, साधारण सदस्य तथा शुभचिन्तकहरुलाई सहभागि हुन र सहयोग गर्नहुन हार्दिक अपिल गर्दछौं । सहयोग गर्न चाहानुहुने मनकारीहरुले संस्थाको खातामा क्यूआर मार्फत सहयोग गर्न सक्नुहुनेछ । उक्त रकम जम्मा भए पश्च्यात संस्थाको तर्फबाट रसिद उपलब्ध गराईने छ । थप जानकारीको लागि संस्थाको कोषाध्यक्ष नारायण श्रेष्ठलाई ९८५१२१९५५२ मा सम्पर्क गर्न सक्नुहुनेछ । तपशिलः मिति: २०७८ साल पौष २१ गते स्थानः आमाको मायाँ छात्राबास ...

हाम्रो जन्मभूमि सामाजिक संस्थाको १४ औं सामाजिक कार्यक्रम सिन्धुपाल्चोकमा

Image

विपन्न परिवारका पाँच बालबालिकालाई हाम्रो जन्मभूमिको शैक्षिक सामाग्रि

Image
चौतारा । असहाय, विपन्न, गरिबको सारथि बन्दै स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्वारा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ४ कुबिण्डेमा बिपन्न परिवारको ५ जना बालबालिकाहरुलाई पठनपाठनको लागि एकदमै धेरै समस्या भएको कुरा जानकारी सोही स्थानका साहित्यकार घनश्याम नेपालले जानकारी गराए अनुसार हाम्रो जन्मभूमी सामाजिक सस्थाले उक्त स्थानमै गएर ५ जना बाल बालिकाहरु प्रत्येकलाई एक दर्जन कपि र ब्याग बितरण गरिएको छ । जस अनुसार १, लिलि ठकुरी कक्षा ८ २, मिलन रम्तेल कक्षा ३ ३, सृजना सुनुवार कक्षा ६ ४, सुजता रम्तेल कक्षा ६ ५, रुजा ठकुरि कक्षा ४ उक्त कार्यक्रममा संस्थाको अध्यक्ष ,सचिव र साहित्यकार घनश्याम नेपाल तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सफल बनाउन बिभिन्न तह र तप्काबाट सहयोग गर्नु हुने सम्पूर्णमा संस्थाको तर्फबाट अध्यक्षले विशेष धन्यवाद ब्यक्त गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई मध्यनजर राख्दै पाँच वटा स्कूलका छात्रछात्राहरुलाई शैक्षिक सामाग्रि वितरण

Image
सिन्धुपाल्चोक । साना साना कामहरु गरेर पनि समाजमा ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । हामीले यहि समाजमा जन्म लियौं अब यहि समाजको लागि केही गर्नु पर्छ भन्ने मुल उद्देश्यको साथ स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्धारा आफ्नो १४ औं सामाजिक कार्य सिन्धुपाल्चोक चौतारासाँगाचोकगढि नगरपालिका वडा १३ मा रहेको ५ वटा स्कुलमा शैक्षिक सामाग्रीहरु तथा ह्वीलचियर बितरण गरेर आफ्नो सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र उक्त नगरपालिकाका वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष शोभा बेलवासे पौडेल, सचीव सुमन श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सदस्हरु तुलसा श्रेष्ठ , रिता देउजा थापा, झम्क काजि श्रेष्ठ , आजिवन सदस्य प्रमिला बस्नेत थापा अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि रामप्रसाद गौतमले यस्तो समाजिक कार्यले विद्यालयका छात्र छात्राको हौसला वढ्नुका साथै अध्ययनमा सहयोग पुग्ने साथै सस्थाको सामाजिक कार्यको प्रसम्सा समेत गर्नु भयो । साथै सम्पूर्ण स्...

हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १४ औं सामाजिक काम गर्दै

Image
जननी जन्मभूमिश्र्च स्वर्गादपी गरीयसी ``हाम्रो जन्मभूमि समाजिक संस्था ´सामाजिक र मानवसेवाका सहयात्री हाम्रो जन्मभूमिले शैक्षिक सामाग्रि वितरण गरेर १४ औं सामाजिक काम गर्दै भनिन्छ समाजमा सानो सानो काम गरेर पनि ठूला ठूला परिवर्तनहरु गर्न सकिन्छ । त्यहि काम अहिले हाम्रो जन्मभूमि सामाजिक संस्थाले गरिरहेको छ । यस संस्थाले एकै पटक सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेगमा अवस्थित ३ ओटा आधारभूत विद्यालय र २ अाेटा माध्यमिक विद्यालयहरुमा गरिब, जेहन्दार, विपन्न वर्गका बालबालिकाहरुलाई झोला तथा कपि वितरण गरेर आफ्नो १४ औं सामाजिक काम निम्न स्थान र मितिमा हुने जानकारी गराउँदै । यस महान कार्यमा सहभागि हुन र सहयात्रा गरिदिन हुन देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण संस्थापक सदस्य, मानर्थ सदस्य, आजिवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं l मितिः २०७८ साल मङ्सिर २९ गते बुधबार स्थानः श्री सेती देवि माध्यमिक विद्यालय चाैतारा साँगाचाेकगढि नगरपालिका १३ काेटडाडा,सि.पा श्री कुण्डला देवि माध्यमिक विद्यालय चाैतारा साँगाचाेकगढि नगरपालिका १३ डाैठे सि.पा. श्री कालिदेवि प्रा.वि.चाैता...