हाम्रो जन्मभुमि सस्थाद्वारा दुर्गम चारवटा स्कुलका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण
अर्घाखाँची । स्थापनाकाल देखि नै सामाजिक कार्यमा अग्रसर हाम्रो जन्मभुमि सामाजिक संस्थाद्वारा अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा १२ मा रहेको ४ वटा स्कुलमा शैक्षिक सामाग्रीहरु बितरण गरेर आफ्नो १३ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ ।
नारायण श्रेष्ठ बालबालिकाहरुलाइ चक्लेट बितरण गर्दै ।
उक्त कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष गिता श्रेष्ठको सभापतित्व र उक्त नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सस्थाका सचीव सुमन श्रेष्ठ, कोषाध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय सद्स्यहरु: सुमित्रा न्यौपाने, शोभा बेलबासे पौडेल, अमर बहादुर राइ, सल्लाहाकार सागर श्रेष्ठ अन्य समाजसेवीहरुको उपस्थितिमा दरवारे आधारभुत विद्यालय , सरस्वती आधारभूत विद्यालय, बालज्योति आधारभूत विद्यालय र जयकोट आधारभूत विद्यालयका छात्र छात्राहरुलाई स्कुल व्याग , कपि तथा अन्य सामाग्रीहरु विद्यालयको प्राङ्गणमा सस्थाका सदस्यहरुको आर्थिक सहयोगमा खरिदगरी वितरण गरिएको थियो ।
दुर्गम भेगका स्कुलहरुमा आएर यसरी सहयोग गरेकोमा प्रमुख अधिकारीले धन्यवाद दिनु भएको थियो ।
for more photo click here
Comments
Post a Comment